दु : ख र अभावले सिकाएको सिप


प्रकाशित मिति :2016-01-30 12:55:05

खेमा बस्नेत
कैलाली। कैलालीको दोदोधरा गाविस वडानम्बर ७ मा बस्ने मथुरा बिक एक महिला हुन् । विवाहको तीन वर्षमा श्रीमान गुमाउँदा वेसहारा बन्न पुगेकी मथुरालाई सुरु सुरुमा जिवीका चलाउन समस्या भयो ।

दुई छोरीकी आमा उनलाई छोरीको पठनपाठनको समेत पिरलो पर्यो । त्यसैमा पनि एकल महिलालाई लाग्ने विभिन्न लाल्छनाका कारण समाजमा घुलमिल हुन समस्या भयो । आफूमाथि परेको पीडा सहन गर्न नसकेर एक दिन मथुराले आत्महत्या गर्ने अप्रिय निर्णय समेत लिन खोजिन् । फेरी छोरीहरुको भविष्यको ख्याल गर्दै त्यो निर्णय उपयुक्त नभएको ठहर गर्दै जिवनसंग संघर्ष गर्ने अठोटका साथ उनी आत्मनिर्भरमुखी पेशा अगाल्न पुगिन् ।

IMG_9922आर्थिक र सामाजिक पीडाका बाबजुत पनि हाल विक सिलाइकटाई पेशाबाट आत्मनिर्भर भएकी छिन् । पैसा नपाएर मनखुशी गर्न नपाएकी उनी आजकाल सबै खर्च कटाएर बचत समेत गर्ने गरेकी छिन् ।

‘श्रीमानको निधनपछि आर्थिक र समाजिक व्यवहारको दुव्र्यवहारले निकै पीडा दिएको थियोे । सिलाइकटाइ सिकेपछि आर्थिक समस्या हटेको छ । सामाजिक व्यवहारमा पनि परिवर्तन भएको छ ।’ विकले भनिन् ‘आजकाल चाहिने पैसा खर्च गरेर बचत समेत गर्ने गरेकी छु ।’
विकसंग आत्म निर्भर हुनको लागि धेरै विकल्पहरु थिए । तर लगानीको मितव्ययीताले सिलाइकटाइलाई नै रोजेको उनको भनाई छ ।
‘कम लगानीमा बढी नाफा हुने पेशा सिलाइकटाई नै देखेर सहज जीवनयापनको लागि यसैलाई रोजे’उनले भनिन् ‘छ महिनासम्म तालिम लिएर आफैले सिलाइकटाई व्यवसाय सुरु गरे ।’

बैनियमा रहेको एक निजी पसलमा काम सिकेपछि उनले २० हजार रुपैयाको लगानीमा एकबी सिलाई कटाई सेन्टर सञ्चालन गरिन् । पेशा प्रतिको निष्ठा र मेहनतका कारण हाल मथुराले राम्रै आम्दानी गरिरहेकी छिन् । उनले पसलमा हाल एक लाख लगानी गरिसकेको बताइन् ।
मथुराले महिलाको सबै पहिरन र जेन्टस्को कपडा समेत सिलाउने गरेकी छिन् ।

मथुराले आफूमात्रै होइन आफ्नी नन्दलाई समेत तालिम सिकाएर पसलमा मिलेर काम गर्दै आएकी छिन् ।

उनले सिलाइकटाई गर्ने मात्रै नभइ तालिम समेत दिने गरेकी छिन् । हाल उनको एमबी सिलाई सेन्टरमा १८ जनाले तालिम लिइरहेका छन् । उनले मासिक रुपमा १० देखि १५ हजार बचत गर्ने गरेको समेत बताइन् ।

सुरुको दुःख र संघर्षले आफूलाई जीउन सिकाउने भन्दै मथुरा आफू सफल हुन कामप्रतिको लगनशीलता महत्वपूर्ण हुने बताउँछिन् ।
‘दुःख नभइ सुख नहुने रहेछ,’ मथुराले भनिन् ‘दुख पर्‍यो भनेर आत्तिने होइन्, त्यसलाई सिकाइको रुपमा लिएर अघि बढ्दा सफल भइन्छ ।’

प्रकाशित मिति :२०७२ माघ १६ गते शनिवार

    Comment Here!

Related NEWS
मुख्य खबर

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: