सिलगढी बासीलाई पानी कै पिरलो


प्रकाशित मिति :2016-01-31 13:12:43

महिला खबर

silgadhiडोटी । डोटीे सिलगढीकी सारदा भट्टको आधा समय पानीको जोहो गर्न मै बित्छ । बिहान उठ्यो, गाग्री बोक्यो, ढुंगे धारामा पालो पर्खिदै पानी भरेर घर फर्कियो । उनको यो दैनिकी २०४० सालमा विवाह गरेर सिलगढी आएदेखि नै सुरू भएको हो । सारदा मात्रै नभएर जिल्ला सदरमुकाम सिलगढीमा बस्ने सबैले यस्तै दैनिकी भोग्ने गरेका छन् ।

घरमा खानेपानीका घाराहरू जडान गरिएका भएपनि आधा घण्टाको पैदलदुरीमा पर्ने रानीधाराको पानी बोक्न छुटेको छैन,शारदाले भनिन्,शिवराज पन्त मन्त्री हुँदा २०१७ सालको खानेपानी योजनाले सदरमुकाम बासीलाई पानी पुग्दैन । सिलगढीमा पढ्न आउने विद्यार्थीदेखि जागिर खाने कर्मचारी सबैलाई खानेपानीकै समस्या छ भट्टले भनिन् ‘यो खडेरी पर्दा मात्रै नभएर १२ महिना यस्तै हो ।

सिलगढी खानेपानी आयोजनाबाट दिपायल सिलगढी नगरपालिकाका वडा नम्बर १, २, ३ र ४ मा पूर्ण रुपमा र ५ र ६ मा आशिंक रुपमा खानेपानी आपूर्ति गरिरहेको सिलगढी खानेपानी उपभोक्ता समितिले जनाएको छ । यस्तै केही वर्षअघि वडा १३ र १४ मा पनि धारा जोडिएकोमा पछि अपुग हुने भन्दै काटिएको थियो । सिलगढीमा खानेपानी आपूर्ति गर्ने उद्देश्यले २०१७ सालमा कलेना गाविसको भोक्रेखोलाबाट पहिलोपटक खानेपानी आयोजना निर्माण भयो ।

सो आयोजनाको बहाब दर ४ लिटर प्रतिसेकेन्ड रहेको छ । जुन निर्माणताकाको समयमा लागि पर्याप्त थियो । त्यही पानीले नै अहिलेसम्म सिलगढीमा खानेपानी आपूर्ति गरिरहेको छ । जुन अहिलेको अवस्थामा पर्याप्त नरहेको सिलगढी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले जनाएको छ । अहिलेको अवस्थामा प्रतिसेकेण्ड १० लिटर आबश्यक पर्ने समितिका कार्यालय सचिव राम धामीले जानकारी दिए ।

सिलगढीमा मौजुदा पानी अपुग हुने भएपछि २०६४ सालमा तोलेनी गाविसको भेलछडाबाट पानी ल्याउने प्रस्ताब राखियो क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय दिपायलका इन्जीनियर प्रकाश रावलले भने, खानेपानी आयोजना निर्माण प्रक्रिया सुरू गर्न सरकारबाट बजेट बिनियोजन भयो । तर, डौड र तोलेनीबासीले भेलछडाबाट पानी नदिने भनेपछि मुहानको बिवाद सुरू भयो । अर्को मुहानको टुंगो नलागेसम्म सिलगढीमा खानेपानीको समस्या समाधान हुन नसक्ने पनि इन्जीनियर रावलले बताए ।

प्रकाशित मिति २०७२ माघ १७ गते आइतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: