महिला खबर
पोखरा । भारतको गुहाटीमा हुन लागेको १२ औं साग स्तरिय ह्याण्डवल खेलका लागि छनोट भएका महिला खेलाडी डेढ महिनादेखि बन्द प्रशिक्षणमा व्यस्त छन् ।
यहि माघ २९ देखि फागुन ४ गतेसम्म भारतको गुहाटीमा हुन लागेको १२ औं साग स्तरिय ह्याण्डवलखेलको उपाधि हात पार्नका लागि उनीहरु प्रशिक्षण लिइरहेका छन् ।
साग खेलमा जानका लागि नेपाल भरबाट एकसय जना भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेका थिए । सो प्रतिस्पर्धाबाट १४ जना खेलाडी छनोट गरिएको थियो ।
ती मध्ये एपिएफ ६, नेपाल आर्मी ४ र उदयपुर ह्याण्डबल एकेडेमीका ४ जना खेलाडी प्रतिस्पर्धाबाट छनोट गरिएको प्रमुख प्रशिक्षक हिमाल दाहालले बताउनु भयो । ‘पुस २ गतेबाट दैनिक ५ घण्टा खेलाडी प्रशिक्षणमा व्यस्त छन् । खेलप्रतिको लगाव, मेहनत , रूची र अनुशासन सबै हेर्दा राम्रो नतिजा आउनेमा आफू विश्वस्त रहेको दाहालले प्रतिक्रिया दिनुभयो ।
देश विदेशमा भईरहेका विभिन्न आमन्त्रित खेलमा सहभागिता जनाईरहेका ह्याण्डबलका महिला टोली २०१३ मा कतार २०१४ मा पाकिस्ता/भारतको लखनऊमा र २०१२ काठमाडौंमा भएको आमन्त्रित आइएचएफ (इन्टरनेशनल ह्याण्डबल फेडेरेसन ट्रफि) खेलमा तेस्रो हुन सफल भएको थियो ।
विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागिता जनाईसक्नु भएकी टिम क्यापटेन रञ्जना राई पनि यस पालिको प्रतिस्पर्धामा नेपाली महिला टिमले राम्रो नतिजा ल्याउनेमा विश्वस्त भएको बताउनुभयो ।
राईले भन्नुभयो ‘पहिला भन्दा अहिले खेलाडी छनोटदेखि प्रशिक्षण धेरै राम्रो छ । टीम ऊर्जा शिल भएकाले यसपालि देशका लागि ह्याण्डबलको नयाँ रेकर्ड राख्न हतारिएका छौं ।’
पुरुष खेलाडीका लागि आएका फ्रेन्च प्रशिक्षकले उनिहरूलाई प्रशिक्षित गरिरहेका छन् ।
विभिन्न आमन्त्रित खेलमा सहभागि भए पनि सागको प्रतिस्पर्धामा नेपाली महिला खोलाडी पहिलो पटक मैदानमा उत्रिन लागेको नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज बहादुर गुरुगले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘महिला खेलाडीको अभ्यासलाई हेर्दा हामी निकै आशावादी छौँ, नतिजा राम्रो आउने छ ।’ फुटबल र बास्केटबलको प्यूजनको रुपमा मानिने यसखेल २०/४० मिटरको खेल मैदानमा खेल्ने गरिन्छ ।१४ जनाको समूह रहने यस खेलमा ७ जना मैदानमा र ७ जना मैदान बाहिर रहन्छन् ।
प्रकाशित मिति :२०७२ माघ १७ गते आइतवार
Comment Here!