महिला खबर
काठमाडौं । राष्ट्रिय महिला आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो वार्षिक प्रतिबेदन बुझाएको छ । आयोगको टोलीले प्रधानमन्त्री ओलीलाई भेटेर आज वार्षिक प्रतिबेदन बुझाएको हो ।
प्रतिबेदन बुझाउँदै आयोगका कार्यवाहाक अध्यक्ष मनु हुमागाईले आयोगसंग पर्याप्त श्रोत साधन नहुँदा आफूहरूले चाहेर पनि महिलाका लागि धेरै काम गर्न नसकेको बताउनुभयो । आयोगमा हुने राजनीतिक दवाव र प्रभाबका कारण महिलाका लागि काम गर्न असजिलो भईरहेको हुमागाईले बताउनुभयो ।
प्रतिबेदन बुझ्दै प्रधानमन्त्री ओलीले कानुनमा जे जस्तो लेखे पनि ओयोगले महिलालाई सशक्तिकरण र सामाजिक करण गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो ‘आयोगका पदाधिकारीहरू मात्र चिल्ला हुने होइन, पीडित महिलाले पनि सेवा पाउनुपर्छ ।’
प्रधानमन्त्री ओलीले सरकारले आयोगलाई कसरी सहयोग गर्ने भन्ने बारेमा सकारात्मक तरीकाले सोचिरहेको बताउनुभयो । अहिले महिलाले पाएकोे ३३ प्रतिशत आरक्षण कोटा बढाउनु पर्नेमा उहाँ जोड थियो ।
प्रकाशित मिति २०७२ माघ १७ गते आइतवार
Comment Here!