पत्रकार यशोदाको ‘अस्वीकार’


प्रकाशित मिति :2016-01-31 18:29:16

महिला खबर

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले मुलुकलाई विभाजित गर्ने, सामाजिक सद्भाव भड्काउने र एकअर्कालाई जुधाउने प्रयास कहीँ कतैबाट पनि नहोस् भन्नेमा जोड दिनुभएको छ ।

सञ्चारिका समूहका कोषाध्यक्ष तथा कवि यशोदा अधिकारीको कविताकृति ‘अस्वीकार’को लोकार्पण  गर्दै  उहाँले विगतको गन्थनमा मात्र नलागी नयाँ सोच, उत्साह र इच्छाशक्ति लिएर संविधान कार्यान्वयन गर्दै मुलुकलाई समृद्धि र विकासको पथमा लैजान सबैलाई आग्रह गर्नुभयो । मन्त्री राईले भन्नुभयो ‘हामी सार्वभौमसत्ता र अखण्डता कायम राखेर मुलुकलाई निकास दिन चाहन्छौँ । जटिल अवस्थामा पनि भूगोलको एक इन्च पनि तलबितल नभई राष्ट्रिय एकताको झन्डालाई झुक्न दिँदैनौँ ।’

राज्यले साहित्य एवम् कला क्षेत्रलाई उचित सम्मान दिन नसकेको भन्दै वर्तमान सरकारलेयस क्षेत्रलाई राष्ट्रिय उद्देश्यसँग जोडेर अगाडि बढाउन चाहेको बताउनुभयो । कस्तो देश निर्माण गर्ने भावना समेटिएको सिर्जना स्रष्टाहरूबाट आउनुपर्ने उल्लेख गर्दै उहाँले सिर्जनाले भविष्यलाई स्पष्ट दिशानिर्देशन गर्न सक्नुपर्नेमा जोड दिनुभयो । समाजले महिलालाई दोस्रो दर्जाको नागरिकका रुपमा हेर्ने गरेको भए पनि पछिल्ला दिनमा भएका राजनीतिक परिवर्तनले त्यसलाई खारेज गरिदिएको मन्त्री राईको भनाए छ  ।

????????????????????????????????????

कवितासङ्ग्रहमा नेपाली राजनीति, राजनीतिकर्मीको सुझबुझ र अवस्था तथा मुलुकको समग्र चित्रणका साथै महिलाको पीडा र भोगाइ एवम् यथार्थको चित्रण गर्दै समग्र महिला वर्गलाई समान हैसियतका साथ अगाडि बढ्न सन्देश दिएको उहाँले उल्लेख गर्नुभयो । सोही कार्यक्रममा बोल्दै एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले कृतिले सामाजिक अन्याय, विकृति विसङ्गति एवम् महिलाप्रति गरिने विभेदको चित्रण गरेको उल्लेख गर्नुभयो ।

 कृतिको समीक्षा गर्दै कवि देवी नेपालले आन्तरिक सङ्गीत चेतनायुक्त कविताको राम्रो उदाहरण ‘अस्वीकार’ रहेको उल्लेख गर्दै कृति सकारात्मक चिन्तन र सामाजिक कूरीतिविरुद्धको राम्रो उदाहरण रहेको बताउनुभयो । नारी चेतना, जागरण एवम् कलमजीवीको नियति, काठमाडौं उपत्यकामा डेरामा बस्नेहरूको दैनिक जीवनलाई कवितासङ्ग्रहले समेटेको छ भन्दै कवि नेपालले गाउँहरु रित्तिँदै गएकोप्रति समेत कवितासङ्ग्रहले उद्घाटित गरेको उल्लेख गर्नुभयो ।

bb

 नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव डा जीवेन्द्रदेव गिरी, सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य मञ्चला झा, साझा प्रकाशनका अध्यक्ष एवम् महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा, राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राई, सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्मा र साहित्यकार हरिमाया भेटवालले कृतिले नेपाली समाजमा जनचेतना जगाउने विश्वास व्यक्त गर्नु भएको थियो ।
कृतिका स्रष्टा अधिकारीले घर व्यवहार र सञ्चारकर्मी तथा अन्य सामाजिक र वैचारिक काममा संलग्न हुँदाहुँदै आफू कविता कर्ममा लागेको बताउनुभयो ।

वरिष्ठ कवि पूर्ण विराम र जयन्ता पोखरेलले कवितासङ्ग्रहको शीर्ष कविता र ‘बरफ जमेका बेला’ शीर्षक कविता वाचन गर्नुभएको थियो । अक्सफोर्ड इन्टरनेसनल पब्लिकेसन्सद्वारा प्रकाशित सो कवितासङ्ग्रहमा ६३ वटा कविता समावेश गरिएको छ । यसअघि पत्रकार अधिकारीका बालसाहित्य समेत गरी तीन कृति प्रकाशन भइसकेका छन् ।

प्रकाशित मिति २०७२ माघ १७ गते आइतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: