३ करोडका बाख्रा !


प्रकाशित मिति :2016-02-01 10:29:18

भेषराज बस्नेत

नेपालगन्ज । बाँकेका महिलाले करिव ३ करोडको बाँके बाख्रा व्यवसायीकरण परियोजना सुरू गरेका छन् । जिल्लास्थित उद्यमी महिला सहकारी संस्थाको छाता संगठन सामुदायिक उद्यमी सहकारी जिल्ला संघ मार्फत् परियोजना सुरू गरेका हुन् ।

बाख्रा पालक महिला कृषकको लागि व्यवस्थित बजार सञ्चालन गर्न हेफर इन्टरनेशनलको सहयोगमा २ करोड ९५ लाख ८४ हजार ७ सय ५२ रुपैयाँ बजेटको बाँके बाख्रा व्यवसायीक परियोजना सुरू भएको छ । परियोजना सम्बन्धि सहमतिमा हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतो र सामाजिक उद्यमी महिला सहकारी जिल्ला संघ बाँकेकी अध्यक्ष गंगा शाहले हस्ताक्षर गर्नुभएको छ ।

नेपालगन्जमा आयोजित परियोजना सुरूवात कार्यशालामा बोल्दै सामाजिक उद्यमी महिला सहकारी जिल्ला संघ बाँकेकी अध्यक्ष शाहले परियोजनाले बाख्रापालक किसान दिदी बहिनी प्रत्यक्ष रुपमा लाभान्वित हुने बताउनुभयो । ‘हामीलाई यसप्रकारको परियोजना अत्यन्त आवश्यक थियो, यसबाट किसानलाई फाइदामुखी बनाउनेछौँ ।’ शाहले भन्नुभयो—‘अव बाख्रा उत्पादक दिदी बहिनीलाई बाख्राको मूल्य नपाउने र बिक्री नहुने समस्या हटेको छ ।’

IMG_0637

परियोजना सहमति गर्दै हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतो र सामाजिक उद्यमी महिला सहकारी जिल्ला संघ बाँकेकी अध्यक्ष गंगा शाह ।

उहाँ फत्तेपुरस्थित सृजनशिल सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष पनि हुनुहुन्छ ।  हेफर इन्टरनेशनल नेपालले बाँकेमा बहुमुखी सेवा केन्द्र, महिला उपकार मञ्चल, बी ग्रुप, ओसिडीसी लगायतका संस्थासंगको साझेदारीमा सञ्चालित साना किसान उद्यमी सुदृढिकरण परियोजना अन्तर्गत बाख्रा पालनतर्फ आकर्षित भएका महिलाले गाउँमै सामाजिक उद्यमी महिला सहकारी संस्था स्थापना गरेका छन् ।

परियोजना अन्तर्गत कृषकलाई समूहमा आवद्ध गर्ने र समूहबाट सामाजिक उद्यमी महिला सहकारी संस्था गठन गरी सहकारी संस्थाको पनि छाता संगठनको रूपमा सामाजिक उद्यमी महिला सहकारी जिल्ला संघ गठन भएको हो । बाँकेका कार्यक्रम सञ्चालित १२ गाविसमा ११ वटा सामाजिक उद्यमी महिला सहकारी संस्था गठन भईसकेको र ३ वटा तयारी अवस्थामा रहेको हेफर इन्टरनेशनल नेपाल मध्यपश्चिम क्षेत्रीय कार्यालय नेपालगन्जका सहायक निर्देशक दुर्गा केसीले बताउनु भयो । ११ सहकारकारीमा ५ हजार महिला आवद्ध रहेका छन् यो संख्या १० हजार पुर्याउने लक्ष्य रहेको केसीले बताउनुभयो ।

सामुदायिक उद्यमी सहकारी जिल्ला संघ बाँकेले सञ्चालन गरेको बाँके बाख्रा व्यवसायिकरण परियोजना अन्तर्गत जिल्लाका करिव १० हजार बाख्रा पालक साना कृषक, बाख्राका साना ठूला व्यापारी तथा व्यवसायी प्रत्यक्ष लाभान्वित हुने र अन्य क्षेत्रका बाख्रा पालक सानका कृषकहरू र अन्य व्यापारी तथा उपभोक्ता अप्रत्यक्ष रुपमा लाभान्वित हुने हेफरका उद्यम विकास अधिकृत राजकुमार अधिकारीले जानकारी दिनुभयो ।

बाँकेको बैजापुर, बिनौना, कचनापुर, खासकुस्मा, महादेवपुरी, फत्तेपुर, रनियापुर, वनकटवा, खजुराखुद्र्ध, टिटिहिरिया, गंगापुर र बागेश्वरी गाविसमा यो परियोजना लागु हुनेभएको छ । परियोजनाले बाख्राको मूल्य श्रृंखलामा क्रियाशिल निकायमाझा नाफाको स्वच्छ र न्यायोचित वितरणबजार प्रणाली स्थापना गर्ने लक्ष्यका साथ बाख्रापालनलाई व्यवसायीकरणमा सहयोग गर्ने सहकारीमार्फत खसी बाख्राको बजारीकरण गर्ने प्रभावकारी बजार संयन्त्र विकास गर्ने उद्देश्य राखेको छ ।  बाँकेको परियोजना सञ्चालन भएका १२ गाविसमा करिव ६० हजार बाख्रा रहेका छन् । त्यसमध्ये करिव १२ हजार खसी रहेको हेफरले जनाएको छ ।

प्रकाशित मिति २०७२ माघ १८ सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: