एक गोल महिला हिंसाविरुद्ध


उपाधी सप्तकोशी युथको कव्जामा

प्रकाशित मिति :2016-02-01 12:51:19

रमला सिंगक

सुनसरी । ‘एक गोल महिला हिंसाविरुद्ध’ नाराका साथ सुनसरीको बराहक्षेत्रस्थित आदर्श उच्चमाविको खेलमैदानमा सम्पन्न दोश्रो माउन्ट एभरेष्ट वुमेन्स फुटवल च्याम्पीयनसीपको उपाधी सप्तकोशी युथ क्लव महेन्द्रनगरले जितेको छ ।

आयोजक बराहक्षेत्र गल्र्स टिमलाई २–० गोल गर्दै सप्तकोशी युथ क्लव महेन्द्रनगरले उपाधि माथि कब्जा जमाएको हो । उपाधीसंगै उसले नगद ६ हजार रुपैयाँ, ट्रफी तथा प्रमाणपत्र हात पार्‍यो । उपविजेता आयोजक टिमले नगद ४ हजार रुपैयाँ, ट्रफी तथा प्रमाणपत्रमा चित्त बुझायो ।

womens champion footbal

खेलको म्यान अफ द म्याच सप्तकोशी टिमकी रेखा पौडेल घोषित भइन् । बेस्ट प्लेयर डायना राई, बेस्ट ट्रेनीमा कोपिला लिम्बु घोषित भएका छन् । बेस्ट डिफेन्स सुस्मीता राई, बेस्ट मिड फिल्डरमा विनिता राई, बेस्ट कीपर पुजन मगर घोािषत भए ।

खेलको पहिलो हाफमा कुनै गोल गर्न नसेका दुवै टिम दोश्रो हाफ सुरू भएस“गै प्रतियोगिताको ताज पहिरिन कडा प्रतिस्पर्धा गरेका थिए । आयोजक बराहक्षेत्र गल्र्स टिमलाई लगातार दबावमा राख्दै सप्तकोशीका लागि रेखा पौडेले २ गोल गरी टिमलाई उपाधि दिलाइन ।

यसअघि भएको पहिलो खेलमा धरान वुमेन्स क्लवलाई ४–१ गोल गरी सप्तकोशी युथ क्लव महेन्द्रनगर फाइनलमा पुगेको थियो । दोश्रो खेलमा भागलपुर गल्र्स फुटवल क्लव उदयपुरलाई ट्राईब्रेकरमा ३–१ गोलले पराजित गरी आयोजक बराहक्षेत्र गल्र्सटिम फाइनलमा पुगेका थिए ।

प्रतियोगिताको उपाधि बिजेता टिम सप्तकोशीले बिजयी महिला खेलाडिहरूलाई सुनसरी महिला फुटवल संघका अध्यक्ष भगवती रानामगर, चतरा बहुउद्देश्यीय सामुदायिक सहकारी संस्थाकी अध्यक्ष सरला कार्की, आयोजक माउन्ट एभरेष्ट स्पोर्टिङ क्लवका अध्यक्ष सूर्य तुम्बाहाम्फे लगायतले ट्रफि तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रकाशित मिति : २०७२ माघ १८ गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: