९ लाख बालबालिका आमासंग


प्रकाशित मिति :2016-02-01 13:27:24

नन्दा थापा

काठमाडौं । नेपालमा अहिले ९ लाख बालबालिका आमासंग मात्र बस्दै आएको काननु व्यवसायी महिलाले बताएका छन् । यहि आमाको नामबाट नागरिकता दिन बञ्चित गरिए भविष्यमा  ती ९ लाख बालबालिका राज्य विहीन  हुने काननु व्यवसायीहरूको भनाइ छ ।  उनीहरूले आमाको नामबाट नागरिता पाउन सहज नभए भविष्यमा राज्यका कुनैपनि निकायबाट नागरिकले पाउने सेवा सुविधाबाट बञ्चित हुनुपर्ने बताएका हुन् ।

महिला कानुन र विकास मञ्च र बार एसोशियसन कानुुन व्यवसायि महिला केन्द्रले काठमाडौंमा आयोजना गरेको संविधानमा नागरिकता सम्वन्धि प्रावधान कार्यन्वयन, चुनौती तथा भावी रणनीति छलफल कार्यक्रममा बोल्ने कानुन व्यवसायी महिलाले आमाको नामबाट छोरा वा छोरीलाई नागरिकता दिँदा नागरिकतामा बाबुको पहिचान नभएको भन्न नहुने बताएका छन् ।

विदेशी महिलाले अंगिकृत नागरिक पाउने भएपनि सहजै पाउने तर स्वदेशी महिलाले विदेशीसंग विवाह गर्दा नगरिकता लिन धेरै झन्जटिलो हुने भएको हुँदा सहज रुपमा पाउने काननु बन्नुपर्नेमा कानुन व्यवसायीले जोड दिएका छन् ।

संविधानमले कुनै पनि नागरिकलाई नागरिकता पाउने  हकबाट बञ्चित गरिने छैन भनिए पनि आमाको नामबाट नागरिकता पाउनु जटिल विषय बनेको उनीहरूको भनाइ छ । बाबुको प्रमाण अनिवार्य राख्नु पर्ने हुन्छ, यो प्रक्रिया ऐन काननुबाटै हटाइनु पर्नेमा माग उनीहरुले गरेका थिए ।

काननु मन्त्रालयका सह–सचिव लिला गौतमले काननु मन्त्रालयले गृहमन्त्रालयसंग छलफल गरीे चैत्र मसान्तसम्म नागरिकताका विषयमा सैद्धान्तिक सहमति हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नागरिकता कसले पाउने र कसले नपाउने भन्दा पनि प्रक्रिाया अनुसार कसले पाए कसले पाएन भन्ने विषय ठुलो हो र यस्ता कुराको खोजी गर्न आवश्यक छ भन्नुभयो ।

कार्यक्रममा अधिवक्ता तथा महिला कानुन र विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले नयाँ संविधानमा नागरिकताको अधिकार र व्यवहारमा यसको प्रयोग विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यपत्र प्रस्तुत गर्दै श्रेष्ठले नागरिकताका सवालमा वर्तमान कानुन प्रगतिशील भएपनि संविधान र कानुन बाझिएकाले अझैपनि आमाका नाममा नागरिकता लिन निकै समस्या भईरहेको औल्याउनु भयो । संविधान प्रगतिशील भएपनि कार्यान्यन नहुँदा व्यवहारमा धेरै समस्या देखिएको उहाँको भनाइ थियो ।

मिति २०७२ माघ १८ गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: