नायिका र सिनेमाका दु:ख सुख


नायिकालाई जीवन चलाउ नै गाह्रो

प्रकाशित मिति :2016-02-02 13:08:46

महिला खबर
पोखरा । कलाक्षेत्रमा नाम अनुसारको ‘दाम’ नहुँदा कलाकारको जीवनयापनमा कठिनाई भइरहेको नेपालका चर्चित नायिकाहरूले बताएका छन् । पोखरामा आयोजित नेपाल लिटरेचर फेस्टिवलको अन्तिम दिन सोमवार गौरी मल्ल, रेखा थापा, र ऋचा शर्माले सिनेमा क्षेत्रमा भएको सुखदुख र अनुभवहरू दर्शकसँग  साट्दै  सो कुरा बताएका हुन् ।

नायिका गौरी मल्लले भनिन् ‘देशको परिस्थिति मजबुत नभएसम्म कला क्षेत्रको विकास सोचे जस्तो हुन सक्दैन । कला र कलाकार बाँच्नका लागि देश पनि आर्थिक रुपमा सबल हुन जरुरी छ ।’

 ३० वर्ष लामो कला क्षेत्रमा हिजो र आजका दिन फेरिए पनि व्यवसायिक रुपमा सिनेमा क्षेत्र अझै फस्टाउन नसकेको उनको भनाइ छ ।
चलचित्र क्षेत्रमा देखिएका कमजोरीको बारेमा बोल्दै नायिका मल्लले भनिन् ‘व्यवसायिक भन्दा पनि सौख पालेर कला क्षेत्रमा भित्र बाहिर गरिरहँदा कला क्षेत्रको व्यवसायिकता र मर्यादालाई बाधा पुर्याई रहेको छ ।’

परम्परागत धारबाट नेपाली सिनेमा केही अगाडि बढे पनि दर्शकको चाहानालाई अझै पनि ध्यान दिन नसक्नु अर्को कमजोरी पक्ष भएको उनले सुनाइन ।

pix

नेपालको चर्चित नायिका तथा निर्माता समेत रहेकाी रेखा थापाले फिल्ममा नायकको मात्र प्रभुत्व देखाइने परम्परालाई आफूले केही मात्रामा भएपनि तोड्न सफल भएको बताइन् । ‘परम्परागत रूपमा जसरी सिनेमाका पोष्टर र भूमिकामा नायकको बर्चस्व थियो । त्यसलाई तोड्दै नायिका केन्द्रित फिल्ममा मैले जोड दिएँ’ थापाले भनिन् ।

रेखाले भनिन् ‘सिनेमामा नायक मात्र ‘हिरो’ हुन्छ भन्ने मान्यता विपरित त्यो स्थानमा आफूले सशक्त अभिनय गर्न सफल भएको उनको भनाइ थियो । ‘म काल्पनिक भन्दा वास्तबिक समाजमा रहेका विभेद विरुद्धका कथामा फिल्म बनाउन मन पराउँछु । कलाकारले कलाको मर्म भावना र व्यवसायिकता सबै कुरामा ध्यान दिनुपर्छ ।’ सिनेमालाई मनोरञ्जनको रुपमा मात्रै नलिई सामाजिक परिवर्तनका माध्यमको रुपमा समेत लिनुपर्ने उनको भनाइ छ । आफूले निर्माण गरेका सिनेमाका नव कलाकारलाई ५० हजार भन्दा माथि पारिश्रमिक दिने गरेको उनले बताइन् ।

त्यसैगरी नायिका ऋचा शर्माले पनि व्यवसायिक रुपमा कला क्षेत्र जम्न नसक्दा आफ्नो करियर पनि दोधारमा रहेको बताइन् । कलाक्षेत्रमा जसरी दर्शकले चिन्छन् र धारणा बनाउँछन् त्यस अनुसारको जीवन जीउन आर्थिक रुपमा कलाकारलाई गाह्रो भएको उनले सुनाइन  ।

छोटै समयमा कलाकारको राम्रो छवि बनाउन सफल भएपनि आर्थिक पक्षले सन्तुष्ट बन्न नसकेको उनले गुनासो गरिन । सिनेमाका सुख दु: ख शिर्षकको परिचर्चामा पत्रकार किशोर नेपालले सहजिकरण गरेका थिए ।

प्रकाशित मिति २०७२ माघ १९ गते मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: