कानुन उल्लङ्घन गरे निजामती प्रशासन विघटन : मन्त्री शर्मा


प्रकाशित मिति :2016-02-02 16:05:21

महिला खबर

काठमाडौं । सामान्य प्रशासन मन्त्री रेखा शर्माले ऐन नियमहरू कर्मचारीले उल्लंघन गर्दै गए नेपालको निजामती प्रशासन विघटन हुने चेतावनी दिनुभएको छ । नेपालको निजामती प्रशासनलाई पारदर्शी र नागरिकप्रति जिम्मेवार बनाउन आफूले काज फिर्ता र दोहोरो सुविधा लिन नपाउने निर्णयहरू गरेको भन्दै उहाँले निर्णय कार्यान्वयन गराएरै छाड्ने दृढता व्यक्त गर्नुभयो ।

सामान्य प्रशासन मन्त्रालयकाे एक सय दिनको प्रगति विवरण सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शर्माले भन्नुभयो ‘अर्को बाटो हिँड्ने बानी परेपछि नियम कानुनमा हिँड्न गाह्रो पनि हुँदोरहेछ, काजलाई यही अवस्थामा राख्ने हो भने केही समयपछि नेपालको कर्मचारीतन्त्र विघटन अनिवार्य छ । त्यसैले पनि यसलाई व्यवस्थापनमा ल्याउन जरुरी छ ।’

20160202_132157

शर्माका अनुसार विभिन्न मन्त्रालयबाट ३१३ जना र सामान्य प्रशासन मन्त्रालयबाट ७१ गरी जम्मा ३८४ जना कर्मचारी काजबाट फिर्ता भैसकेका छन् । यसअघि मन्त्रालयले नियम विपरितको काज फिर्ता नगरे काजमा खटाउने अधिकारीको सेवा सुविधा समेत कटौती गर्नेे निर्णय गरेको थियो । आफू मन्त्री बनेपछि सरुवाको अधिकार प्रत्यायोजनबाट टाढा टाढाबाट सरुवा गराउन मन्त्रालयमै धाउनु पर्ने बाध्यता अन्त्य गरेको दाबी गर्नुभयो । संघीयता र संक्रमणकालिन अवस्थामा कर्मचारीहरूको व्यवस्थापनलाई वैज्ञानिक बनाउनका लागि गृहकार्य भैरहेको उहाँले जानकारी गराउनुभयो ।

 पत्रकार सम्मेलनमा मन्त्री शर्माले  कार्यालयमा ड्रेस कोडको व्यवस्था, ३० वर्षदेखि हुन नसकेको निजामती सेवामा महिलाको सहभागिता सम्बन्धि अन्तरक्रिया, प्यूठान, दाङ, रुपन्देही लगायतका जिल्लामा सार्बजनिक सुनुवाई लगायतका काम आफूले गरेर जनताका गुनासो सुनेको र समस्या समाधानको पहलमा लागेको बताउनुभयो ।

प्रकाशित मिति २०७२ माघ १९ गते मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: