आकस्मिक सहयोगका लागि कोष स्थापना


प्रकाशित मिति :2016-02-03 10:24:14

महिला खबर

म्याग्दी । आर्थिक अभावमा सुत्केरी र गर्भवतीले कुुुनै पनि कठिनाई भोग्न नपरोस् भनेर म्याग्दीका आमा समूहले गर्भवती  र सुत्केरी अवस्थाका महिलालाई सहयोग गर्न आकस्मिक कोष स्थापना गरेका छन् ।

जिल्लाको बेनी नगरपालिका बगर फाँटका प्रगतिशिल आमा समूह, गौश्वाराको राधाकृष्ण आमा समूह शिखको गोस बराहा आमा समूह र कुहुँकोे माईथान डडुवा आमा समूह, भकिम्लिको देउराली आमा समूहमा आवद्ध महिलाको सक्रियतामा आकस्मिक कोष स्थापना गरिएको हो ।
गर्भवती र सुत्केरी अवस्थाका महिलामा आर्थिक अभावले हुन सक्ने सम्भावित दुुर्घटनालाई रोक्न कोष स्थापना गरिएको प्रगतिशिल आमा समूहकी सचिव सावित्री शाहले जानकारी दिनुभयो ।

कोषमा समुहका सदस्यबाट प्रतिव्यक्ति मासिक रु ५० संकलन गरी कोषमा जम्मा गरिएको छ ।  ‘गाउँमा गर्भवति र सुत्केरी महिलालाई भेला बोलाई उनीहरूको स्वास्थ्य अवस्था, सुरक्षित मातृत्व र मातृशिशु स्याहारका विषयमा छलफल हुने शिखको गोसे बराहा आमा समूहकी अध्यक्ष नौमाया मगरले बताउनुभयो ।

कोषको रकम आर्थिक अभावमा प्रसूति सेवा र पौष्टिक आहारको उपभोग गर्न नसक्नेलाई उपलब्ध गराइने गरीएको मगरले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७२ माघ २० गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: