महिला खबर
एजेन्सी । चिनियाँ पदाधिकारीहरुले बेइजिङ स्थित महिला सम्बन्धि कानुनी सल्लाह तथा परामर्श केन्द्र बन्द गर्न आदेश दिएका छन् ।
उक्त परामर्श केन्द्रको स्थापना १९९५ को यूएनको चौथो विश्व सम्मेलनपछि भएको थियो ।बेइजिङको एउटा मुख्य संस्थाको रुपमा काम गर्दै आएको सो केन्द्रले विभिन्न राष्ट्रिय तथ अन्र्राष्ट्रिय मान्यता पाएको थियो । यसले २००७ मा हिलारी क्लीनटनबाट वुमेन्स लिडरसिप अवार्ड र २०१० मा यूएसको इन्टरनेशलन वुमेन करेज अवार्ड हात पारेको थियो ।
परामर्श केन्द्रले महिला अधिकार जस्तै घरेलु हिसां, रोजगारी, बच्चा सम्बन्धि मुद्दाहरुमा कानुनी परामर्शहरु दिने काम गर्दै आएको थियो । तर, चिनियाँ सरकारले उक्त केन्द्र किन बन्द गर्न आदेश दियो भन्ने कारण उल्लेख गरेको छैन ।
परामर्श केन्द्रको बन्दको समाचारले महिला अधिकारकर्मीहरु स्तब्ध बनेको प्रतिक्रिया दिएका छन् ।
सेप्टेम्बरमा भएको यूएन विश्व सम्मेलनमा चिनियाँ सरकारले लैङ्गिकता र महिलाका अधिकारलाई प्राथमिकता दिने प्रतिवद्धता जनाएको थियो ।
जुन २०१५ देखि यता २५० जना कानुनविद् तथा अधिकारकर्मीलाई त्यहाँको सरकारले निगरानीमा राखेको थियो ।उक्त केन्द्र सँग सम्बन्धित स्रोतका अनुसार संस्थाले विदेशी लगानीमा काम गरेको र जसले देशमा अस्थिरता ल्याउन सक्ने भन्दै यस्तो निर्यण गरेको हुन सक्ने जानकारहरु बताउँछन् ।
प्रकाशित मिति २०७२ माघ २० गते बुधवार
Comment Here!