द्वन्द्वको घाउमा मलम लगाउने ज्ञानु


प्रकाशित मिति :2016-02-03 13:29:42

‘कर्म र परिश्रमबाट नथाके सफलता हात लाग्छ । अहिले राज्य र द्वन्द्वरत पक्षका पीडित परिवार एकै ठाँउ बसेर छलफल गर्ने वातावरण बनाउन र समुदायले द्वन्द्व प्रभावित परिवारलाई हेर्ने दृष्टिमा सकारात्मक परिवर्तन ल्याउनु पनि सफलता हो ।’

अमृता अनमोल

बुटवल ।  सामाजिक सेवामा अति रुचि राख्ने परिश्रमि महिला हुनुहुन्छ ज्ञानु पौडेल । उहाँ सामाजिक कार्यकर्ताको हैंसियतले युवा, महिला तथा बालअधिकार, द्वन्द्वपीडितका समस्या, लैंगिक विभेद र हिंसा विरुद्ध चेतनामुलक काममा समर्पित व्यक्तित्व हो ।  नमुना एकिकृत विकास परिषद्को अध्यक्ष हुँदै थुप्रै संघ संस्थामा आवद्ध र समाज सेवामा समर्पित उहाँ अहिले स्थानीय शान्ति समिति रुपन्देहीको संयोजक बन्नु भएको छ ।

द्वन्द्वपीडितका क्षेत्रमा काम गर्नु भएको उहाँले  एक वर्ष यता शान्ति समिति चलाउनु भएको छ  । गैर सरकारी संस्थाबाट जिल्लामा शान्ति समिति संयोजक बन्ने उहाँ पहिलो महिला हुनुहुन्छ ।  सामाजिक कार्यमा क्रियाशिल ज्ञानु शान्ति समितिको संयोजकमा निर्विरोध चुनिनु भएको हो । शान्ति समितिमा ६/६ महिनामा नेतृत्व परिवर्तन गर्ने राजनीतिक पार्टीहरू उहाँ संयोजकमा आएपछि  एक वर्षसम्म परिवर्तन गरिका छैनन् । काम राम्रो भएकाले नहतारिएको शान्ति समितिमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताको भनाइ छ ।

11698717_10203252812120614_5177037122349637663_n

शान्ति समिति द्वन्द्वपीडितको संरक्षण, अधिकार प्राप्ति, सशक्तिकरण, पुनःस्थापना गर्ने र राज्यबाट उनीहरूलाई दिइएको सेवा सुविधालाई पुर्याउन अभिभावकको काम गर्ने संस्था हो । द्वन्द्वबाट प्रत्यक्ष प्रभावमा परेका महिला र बालबालिका बढी परेका छन् भने द्वन्द्वपीडितको राहत पाउनबाट पनि उनीहरू नै बढी छुटेका छन् । उनीहरू राहत पाउनबाट छुट्नुका धेरै कारण छन् । कोही सूचनाको अभावले छुटेका छन् त कोही सहयोगी वातावरण नहुँदा र महिला तथा बालबालिका आफैले वकालत गर्न नसक्दा छुटेका छन् । पीडितहरूको पहुँच शान्ति समितिमा ज्ञानु आइपछि मात्र पुगेको छ । शान्ति समितिमा पहुँच पुगेकालाई राज्यबाट सेवा सुविधा दिलाउन सिफारिस गर्ने वकालत गर्ने र सेवामा पहुँच पुर्याउने काममा सहजता भएको छ ।

द्वन्द्वपीडितको पूनर्रमिलन कार्यक्रमले गर्दा राज्य र द्वन्द्वरत पक्षका द्वन्द्व प्रभावितहरू एकै ठाँउ बसेर छलफल गर्ने वातावरण बन्नुका साथ सम्बन्ध सुमधुर भएको र समुदायले द्वन्द्व प्रभावित परिवारलाई हेर्ने दृष्टिमा केही सकारात्मक परिवर्तन ल्याउन ज्ञान सफल हुनुभएको छ ।
हाल १ सय २० जना द्वन्द्व प्रभावित मध्ये ८० जना द्वन्द्व प्रभावित महिलाले व्यवसाय सञ्चालन गरेका छन् । उनीहरूको आयआर्जन बढाउन र आत्मनिर्भर गराउन आफू लागि पर्ने र अन्य निकायको समन्वय र सहकार्यमा काम गर्दै जाने ज्ञानु बताउनु हुन्छ ।

10986972_10203298164134386_1816625827804388953_n

शान्ति समितिमा महिला भएकै कारण आफूहरूले सहज रुपमा कुरा राख्न सकेको द्वन्द्वपीडितहरू बताउँछन् । द्वन्द्वपीडितसंग काम गरेको ज्ञानुसंग लामो अनुभव छ । उहाँले लामो समयदेखि काम गरेको अनुभवले पनि सहजिकरण र सहयोगमा मद्धत पुगेको छ । द्वन्द्वपीडितको राहत र सहयोगका लागि जानुपर्ने प्रशासन, जिविस, शिक्षा कार्यालय लगायतसँगको सम्बन्धमा समेत सुधार आएको द्वन्द्वपीडितहरूको भोगाइ छ । स्नातकसम्मको अध्ययन गरेकी ज्ञानुको स्वभाव सरल र सहज छ । विकट र अति विपन्न समुदायमा आफै पुगेर उनीहरूको दुःखमा मलम लगाउनु उहाँको प्रमुख विशेषता हो ।

पछिल्लो समय उहाँले नमुना एकिकृत विकास परिषद खोलेर महिला सशक्तिकरण, सुरक्षित मातृत्व एवं बाल स्वास्थ्य, एचआईभी/एड्स , द्वन्द्वपीडितको पुनस्र्थापना , मेलमिलाप र आयआर्जनका काम, लागू औषध न्यूनिकरणमा सशक्त भूमिका निर्वाह गर्दै आउनु भएको छ ।
जिल्लामा हुने महिला तथा बालिका हिंसा विरुद्ध शसक्त आवाज उठाउँदै आएकी ज्ञानुको पहलमा धेरै हिंसा पीडितले राहत तथा पुनःस्थापनाको अवसर पनि पाएका छन् । कुनै पनि नयाँ निर्णय गर्दा  वा कामको सुरूवात गर्दा धेरै छलफलबाट मात्र निस्कर्षमा पुग्ने ज्ञानु कर्म र परिश्रमबाट नथाके मात्र सफलता हात लाग्ने उहाँ बताउनुहुन्छ ।

IMG_1817

केही गरौं भनेर आउने कसैलाई हुँदैन भन्न नसक्नुले भने कहिले काहीँ अफठ्यारो हुने उहाँ बताउनुहुन्छ ।  महिला हिंसा विरुद्ध तथा महिला तथा बाल स्वास्थ्य र दुव्र्यसन विरुद्ध नमुना काम गर्ने सोचले  स्वास्थ्यकर्मीको सरकारी जागिर छोडेर सामाजिक रुपान्तरणको काम लागेकी ज्ञानु सामाजिक परिवर्तन तत्काल हुने र सन्तोष मान्नुपर्ने विषय नभएको बताउनु हुन्छ ।  सामाजिक परिवर्तन निरन्तर चल्ने प्रक्रिया भएकाले यसमै समर्पित हुँदा केही छिटो र धेरै काम गर्न सकिने उहाँको अनुभव छ ।

प्रतिफलको आशा नगरी काम गरेको कामले मात्रै प्रभाव राम्रो परेको उहाले सुनाउनु भयो । त्यसको प्रत्यक्ष प्रमाण सुरक्षित मातृत्वमा २४ घण्टे प्रसूति केन्द्र स्थापना सहयोगमा समुदायमा आएको परिवर्तन, सेवामा बढेको पहुँच ,महिला सशक्तिकरण, हिंसाविरुद्धको वकालत र रुपन्देहीका द्वन्द्वपीडितमा आएको परिवर्तन उहाँ बताउनुहुन्छ ।

पछिल्लो समय भारतिय नाकाबन्दीका कारण रुपन्देहीका प्रसूति केन्द्रहरूमा प्रसूति हुन बेथा लगाउने र प्रसूति भएपछि  रक्तश्राव रोक्ने औषधीको नीकै अभाव भयो । यसपछि ज्ञानुको आफ्नै पहलमा भारतको गोरखपुरबाट सो औषधी ल्याइयो र जिल्लाका सबै बर्थिङ सेन्टरमा बाँडियो । रुपन्देहीका धेरै सामाजिक संस्थामा सल्लाहाकारको भूमिकामा उहाँ हुनुहुन्छ । सबैसंग सहकार्य गरेर अघि बढ्ने उहाँको निस्वार्थ समाज सेवाबाट प्रभावित हुँदै दर्जन बढी संघसस्थाबा सम्मानित तथा पुरस्कृत हुनुभएको छ ।

प्रकाशित मिति २०७२ माघ २० गते बुधवार   

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: