टाउकाे ठूलाे भएकाे बच्चा जन्मियो


प्रकाशित मिति :2016-02-03 16:28:37

महिला खबर

कैलाली । कैलाली खैरला गाविसकी झरनादेवी थामीमगरले सेती अञ्चल अस्पतालमा टाउको ठूलो, हात खुट्टा र शरीर सानो भएको बच्चा जन्माएकी छिन् । झरना अहिले सेती अञ्चल अस्पतालमा नै छिन् तर, झरनाले जन्माएको बच्चा सासुले घरमा लैसकेकी छन् । झरनाका श्रीमान पदम बहादर थामीमगरले सुरूमा नियमित रुपमा चेकजाच नगरेकाले यस्तो अवस्था आएको सुनाए ।

 उनले भने ‘सुरूमा गर्भवती महिलाले चेकजाच गराउनु पर्छ भन्ने कुरा थाहा थिएन, अहिले चेक गराउँदा डाक्टरले आमाको पेटमा अशक्त बच्चा छ भन्नुभयो । पहिले थाहा भएको भए गर्भपतन गर्न सकिने थियो ।’

12665743_1737273466492385_1655246839_n

आमाले बच्चालाई देख्दा झन मानसिक तनाब हुने डरले बच्चा घरमा पठाएको बताए । सेती अञ्चल अस्पताल कैलालीकी गाइनो हाउस इन्चार्ज सुनिता खत्रीले भनिन् ‘झरनाबाट जन्मेको बच्चाको टाउकोमा पानी भरिएको कारणले गर्दा टाउको ठूलो भएको हो ।’ ‘समयमानै आएको भए, आमाले दुःख पाउने थिएन । समयमा नै नियमित चेकजाच नगर्दा यस्तो समस्या आएको हो उनले भनिन् ।’

खत्रिका अनुसार बच्चा यस्तो जन्मनुमा धेरै कारणहरू हुन्छ तर, पेटमा कस्तो शिशु हुर्कदै छ भन्ने कुराको जानकारी नियमित चेकजाच गराउने, भिडियो एक्सरे गर्दा थाहा हुनथ्यो, झरनाले त्यो गरिनन् । झरना अन्तिम अवस्थामा अस्पत्ताल आएको हुनाले अप्रेसन गरेर गरी बच्चा निकाल्नु परेको खत्रीले सुनाइन ।  झरनाको बच्चा उपचार गरे केही निको त होला तर, पूर्ण रुपमा भने निको नहुने खत्रीले बताइन ।

प्रकाशित मिति २०७२ माघ २० गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: