अध्यक्षका उम्मेदवार नविनाका बाचा


प्रकाशित मिति :2016-02-03 23:17:58

नन्दा थापा

काठमाडौं  ।  अनेरास्ववियूको आसन्न २२ औं राष्ट्रिय सम्मेलनमा नेतृत्वका लागि हुने प्रतिस्पर्धामा संस्थापन पक्षले अध्यक्ष पदका लागि   नविना लामाको उम्मेदवारी दिने घोषणा गरेको छ ।  संस्थापन पक्षका विद्यार्थी टाेलीले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी अनेरास्ववियूका वर्तमान महासचिव नविना लामाको नेतृत्वमा चार जना उपाध्यक्ष र महासचिवको उम्मेदवारी दिने घोषणा  गरेको हो ।

अध्यक्षका उम्मेदवार लामाको टीमबाट उपाध्यक्षमा रश्मी आचार्य, महेश बर्तौला, सुनिता बराल र शैलेस लामा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।  अध्यक्षका उम्मेदवार नविना लामाले विद्यार्थी आन्दोलनका मुद्दा र कार्यभार फेरिएकाले रचनात्मक, सृजनात्मक र व्यवस्थित ढङ्गले विद्यार्थीका मुद्धा  उठान गर्न अनेरास्ववियूको  नेतृत्व गर्ने बताउनुभयो ।

????????????????????????????????????

अवको विद्यार्थी आन्दोलन टायरको धुवाँ उडाउने प्रयोजनका लागि नभएर राजनीतिलाई रचनात्मक दिशा दिनका लागि हुनु पर्ने उहाँकाे भनाइ छ । लामाले शैैक्षिक र सिंगो विद्यार्थी आन्दोलनको लागि भोलीको दक्ष जनशक्ति उत्पादन गर्ने आफूहरुको मूल उदेश्य रहेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै लामाले अहिले विद्यालयदेखि विश्वविद्यालयसम्म भइरहेको व्यापारीकरण आफ्नो पालामा अन्त्य  गर्ने दाबी समेत गर्नुभयो ।    उहाँले संगठनलाई सफल, सक्षम  र समृद्ध पार्नको आफू  चुनावको मैदानमा उत्रने पूर्ण तयारीमा रहेकोे जानकारी दिनुभयो । अनेरास्ववियूको २२ औं राष्ट्रिय सम्मेलन   माघ २७ देखि २९ गतेसम्म काठमाडौमा हुँदैछ ।

प्रकाशित मिति २०७२ माघ २० गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: