भूकम्पपछि मानव बेचविखन बढ्यो


प्रकाशित मिति :2016-02-04 12:38:55

आस्था केसी

काठमाडौं । बिनाशकारी भूकम्पपछि महिला तथा बालबालिका बेचविखनको थप जोखिममा परेको तथ्याङ्कले देखाएको छ ।  देश भित्र र बाहिरबाट उद्धार गरिएका विभिन्न जिल्लामा रहेका पुनःस्थापना केन्द्रमा आईपुगेका महिलाको संख्या हेर्दा यसवर्ष बेचविखन बढेको देखिएको छ ।

गतवर्ष मंसिरसम्म ९ सय ३ जना महिलाको उद्धार गरिएकोमा यो वर्ष मंसिरसम्ममा ११ सय ६३ जना महिलाको उद्धार गरिएको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय समितिको सचिवालयले जनाएको छ ।

चितवन जिल्लाको पुनःस्थापना केन्द्रमा १ सय १, रुपन्देही केन्द्रमा २ सय ८५ सिन्धुपाल्चोक केन्द्रमा १७ कैलाली केन्द्रमा ४२ पर्सा केन्द्रमा २ सय ८ बाँके केन्द्रमा १ सय ६५ काठमाडौं केन्द्रमा २४ र झापा केन्द्रमा ३ सय २१ जनाको उद्धार गरिएको सचिवालयको तथ्यांकमा उल्लेख छ ।

Aged womeno

माइती नेपालले भूकम्प अगाडिका तीन महिनामा ६ सय २५ जना महिलाको उद्धार गरेको र भूकम्प पछाडिका तीन महिनामा ७ सय ४५ जना महिलाको उद्धार गरिएको सूचना तथा सञ्चार अधिकृत अच्यूत नेपालले बताउनु भयो । यसरी उद्धार गरिएकाहरू बढी जसो भूकम्प पीडित १४ जिल्लाका रहेका छन् ।

महिला बेचविखन विरुद्ध काम गरिरहेको शक्ति समूहले भूकम्पपछि प्रभावित जिल्लाका १६ जना महिला तथा युवतीहरूलाई उद्धार गरी स्वदेश फर्काएको छ । त्यसैगरी सिन्धुपाल्चोकको बन्देउ, भोटेचौर र बाहुनपाटी लगायतका गाँउबाट बेचिन लागेका ७५ जना भन्दा बढी महिला र बालबालिकालाई रोकथाम गरिएको समूहका कार्यक्रम संयोजक आशिष दुलालले बताउनु भयो ।

बेरोजगारी समस्याले गर्दा बेचबिखनका घटनामा बृद्धि भइरहेको महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका महिला विकास अधिकृत शोभादेवी खरेल भनाइ छ । उहाँ भन्नुहुन्छ ‘मानिसका इच्छा आकांक्षाहरू बढ्दै गएका छन्, तिनलाई पूरा गर्ने श्रोत र साधनहरूको लागि आज भोली बैदेशिक रोजगारीमा जाने प्रचलन बढेको छ, जसको कारण महिला बेचविखनको जोखिममा पर्ने गरेका छन् ।’

एकीकृत तथ्यांक र सूचना प्रणालीको अभावका कारण पनि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका कार्यक्रमलाई कार्यान्वयन गर्न नसकिएको महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका सह–सचिब राधिका अर्यालले बताउनु भयो । मानव बेचविखन तथा ओसारपसारको क्षेत्र दिन प्रतिदिन नयाँ र जटिल बन्दै गएको हुनाले यसलाई नियन्त्रण गर्नको लागि सरकारी तथा गैरसरकारी निकाय, नागरिक समाज र बिकासका साझेदार संस्थाहरूको समन्वयकारी भूमिका हुनुपर्ने अर्यालको टिप्पणी छ । ।

बिगतमा अशिक्षित, गरिव र सीमान्तकृत समुदायका महिलामात्र भारतका बेचिने गरेकोमा अहिले विभिन्न श्रम र मनोरञ्जनको लागि समेत महिला, पुरुष, किशोरकिशोरी तथा बालबालिका प्रयोग हुन थालेकोे उहाँको भनाइ छ ।

बिनाशकारी भुकम्प र त्यसपछिका पराकम्पनले सृजना गरेको घरबार बिहिनताको परिस्थितीले मानव बेचविखन तथा ओसारपसारको जोखिम बढेकाले अब मानव बेचविखनमा परेका बालबालिका तथा किशोर किशोरी, महिलाको उद्धार, पुनःस्थापना र पुर्नएकीकरणका कार्यक्रममा जोड दिनुपर्ने सहसचिब राधिका अर्यालको तर्क छ ।

प्रकाशित मिति २०७२ माघ २१  गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: