महिला खबर
पोखरा । कास्की लेखनाथमा साउन २८ गते हत्या गरिएका स्व. रामजी बादलकी श्रीमती चन्द्रादेवी पौडेलले नेपाली कांग्रेसको १३ औं महाधिवेशन प्रतिनिधिका लागि हुने चुनावमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । श्रीमानका अधुरा काम पूरा गर्नका लागि उम्मेदवारी दिएको उहाँले बताउनुभयो ।
स्व.बादल नेपाल विद्यार्थी संघको नेतृत्व लिँदै जिल्ला केन्द्र हुँदै नेपाली कंँग्रेसको क्षेत्रिय सभापति जिल्ला सदस्य एवम् महाधिवेशन प्रतिनिधि जस्तो पदमा रहँदै आउनुभएको थियो ।
पौडेलले भन्नुभयो ‘श्रीमानले नेपाली काँग्रेसमा रहेर गर्न नसकेका अधुरा सपनाहरू आफूले पूरा गर्न र उहाँको आत्मको शान्तिको आभास गराउनका लागि मैले उम्मेदवारी दिएकी हुँ ।’
उहाँले आफ्नो सिंगार र सौभाग्यलाई अव नेपाली काँग्रेसको प्रजातन्त्र समाज सम्झँदै शोकलाई शक्तिमा बदल्ने प्रयासका साथ १३ औं महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएकाले पार्टीबाट सबैले सहयोग गर्नेमा आशाबादी रहेको बताउनु भयो ।
प्रकाशित मिति २०७२ माघ २१ गते बिहीवार
Comment Here!