महिला खबर
पोखरा । विभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आएको पोखरा लेडि जेसिसले कुष्ठरोग दिवसको अवसर पारेर पोखरा आरोग्य आश्रम टुटुङ्गा कुष्ठ रोगका विरामीलाई खानेकुरा वितरण गरेको छ ।
लेडि जेसीजले आफ्नो वार्षिक कार्यक्रममानै समावेशगरी आश्रममा रहेका १४ जना कुष्ठरोगका विरामीलाई खाद्यान्न वितरण गरिएको पोखरा लेडि जेसीजका अध्यक्ष प्रमिला सुवेदीले जानकारी दिनुभयो । उहाँले ‘मानवीय सेवाकालागि महायज्ञमा दान र मन्दिरमा भेटी भन्दा पनि मानवताको सेवामानै सच्चा धर्म भएको बताउनुभयो ।
कार्यक्रमका गण्डकी मेडिकल कलेजका चर्मरोग विशेषज्ञ एसिस्टेन प्रोफेसर डा. सरस्वती न्यौपानेले छाला सम्वन्धि कुनैपनि रोगको उपचारको लागि आफू सकारात्मक रही सेवा गर्न तयार रहेको बताउनुभयो । साल्ट ट्रेडिङ कर्पोेरेसन पोखराका कार्यालय प्रमुख सुरेशराज भण्डारीले नुनमा रहेको आयोडिनको कमिले मानिसमा गर्भा अवस्थादेखि बृद्ध हुँदासम्मपनि असर गर्ने बताउँदै आश्रमका विरामीलाई सहयोग गर्नु मानविय कर्तव्य भएको बताउनुभयो ।
नेपाल कुष्ठ रोग निवारण संघका अध्यक्ष नारायण शर्माले लेडि जेसीजले आफ्नो वार्षिक कार्यक्रममा नै समावेश गरी आश्रमको आवस्यकता अनुसार खाध्यान्न सामग्री उपलब्ध गराएकोमा धन्यवाद दिनुभयो । लेडि जेसीजले सामुदायिक कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको छ । जेसीजको नयाँ नेतृत्व आएपछिको पहिलो कार्यक्रम अन्तर्गत आश्रममा सहयोग गरिएको लेडि जेसीजका सचिव रेनु थापाले जानकारी दिनुभयो ।
प्रकाशित मिति २०७२ माघ २१ गते बिहीवार
Comment Here!