महिलाखबर समाचार प्रभाव : एक वर्षपछि प्रसूति भत्ता


प्रकाशित मिति :2016-02-05 11:54:32

महिला खबर

हुम्ला । महिलाखबर डटकमले हुम्लाको अति विकट गाविस मैलामा एक वर्षदेखि सुत्केरी भत्ता, न्यानो झोला नपाएको खबर छापेपछि जिल्ला स्वास्थ्य कार्यलयले सो गाविसमा पुगेर भत्ता वितरण गरेको छ ।

केही दिन अगाडि मात्र महिला खबरले सो गाविसमा सरकारले दिने सुत्केरी भत्ता र न्यानो झोला नपाएको कुरा  कस्ले खायो हुम्लाका सुत्केरीको भत्ता ? शीर्षकमा समाचार सम्प्रेसण गरेको थियो ।  समाचार प्रकाशित भएपछि जिल्ला स्वास्थ्य कार्यलयका प्रशासन प्रमुख शंकर भटराईको नेतृत्वमा चार सदस्यि टोली मैला गाविसमा बास्तविकता अध्ययनका लागि पुगेको थियो ।

सिमिकोट सदरमुकामबाट चार दिन पैदल दूरीमा पर्ने मैला गाविसमा सुत्केरी भत्ता र खोप नपाएको खबर आएपछि आफूहरूको ध्यान गएको जिल्ला स्वास्थ्य कार्यलय हुम्लाका सूचना अधिकारी नरेश श्रेष्ठले बताउनुभयो ।

12557664_938160506261038_1941757872_o

टोली मैला गाविसमा पुगेर छलफल र बास्तविकता बारे अध्ययन गरेको मैला स्वास्थ्य चौकीका अहेब देबिलाल सुनारले जानकारी दिनुभयो । स्वास्थ्यका बारेमा जानकारी लिन जिल्लाबाट मैला गाविसमा पहिलो पटक टोली आएको सुनारको भनाइ छ ।

समचार प्रकाशित भएपछि स्वास्थ्य चौकीका इन्चार्ज लिलाराज शर्मा र जिल्ला स्वास्थ्य कार्यलयमा कार्यरत नर्सिङ्ग स्टाफ सुनिता बोहोराको नाममा स्वास्थ्य चौकीको खाता सञ्चालन गरेको जिल्ला स्वास्थ्य कार्यलय हुम्लाले जानकारी दिएको छ ।

प्रसूति भत्ता र भोटो चोलोको पैसाको लागि बुधवार नै १ लाख ६३ हजार निकासा गरी त्यहाँ पठाएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो । एक वर्षपछि सुत्केरी भत्ता पाएको भन्दै त्यहाँका महिलाले महिला खबरलाई समाचार छापेकोमा धन्यवाद दिएका छन् ।

महिला खबरमा समचार प्रकाशित भएपछि त्यहाँको समस्याको बारेमा जिल्लामा पनि सरोकारवालासँग छलफल समेत भएकोे र राज्यको ध्यान समेत गएको हुम्लाका पत्रकार नवराज महतराले बताउनुभयो ।  महिला खबरले केही दिन अगाडि एक वर्षदेखि स्वास्थ्य चौकीमा सुत्केरी सेवा लिएका ७८ जना महिलाले प्रोत्साहन भत्ता र न्यानो झोला नपाएको खबर सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति २०७२ माघ २२ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: