महिला खबर
कैलाली, । माघ २४ गतेदेखि कैलाली जिल्लामा दादुरा–रुबेला विरुद्धको खोप अभियान सुरू गरिने भएको छ । जसका लागि कैलालीमा १ लाख बढी बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाईने लक्ष्य रहेको कैलाली जिल्ला जनस्वास्थ्यले जानकारी दिएको छ ।
दादुरा रोग नियन्त्रणका लागि नियमित खोप लगाईदै आएको भएपनि सन् २००४ देखि प्रत्येक चार वर्षमा दादुरा विरुद्धको खोप अभियानकै रुपमा सञ्चालन गरिँदै आएको छ ।
दादुरा–रुबेला विरुद्धको खोप अभियान अन्तरर्गत कैलालीमा ९ महिना देखि ५ वर्षसम्मका १ लाख ४ हजार ६५ बालबालिकाहरूलाई पोलियो खोप दिने लक्ष्य छ भने ९१ हजार ५ सय ७७ बालबालिकालाई दादुरा–रुबेला खोप दिने जिल्ला जनस्वास्थ्य कैलालीका अधिकृत शिवदत्त भट्टले जानकारी दिनुभयो ।
कैलालीका नगरपालिका तथा वडाहरूमा महिला स्वास्थ्य स्वयंसेविकाहरू मार्फत् निमन्त्रणा कार्ड वितरण गरी खोप केन्द्रमा बोलाईने अधिकृत भट्टले बताउनुभयो । पहिलो चरणमा ४६ हजार ८ सय ३८ बालबालिकामा दादुरा–रुबेला दिइने छ भने ५३ हजार २ सय ९३ बालबालिकालाई पोलियो खोप लगाइने छ ।
दोश्रो चरणमा ४४ हजार ७ सय १९ बालबालिकामा दादुरा–रुबेला दिइने छ भने ५० हजार ७ सय ७२ बालबालिकामा पोलियो खोप दिने योजना रहेको अधिकृत भट्टको भनाइ छ । कैलाली जिल्लाभरी ५ सय ७२ खोपकेन्द्रहरू बाट दादुरा–रुबेला विरुद्धको खोप दिइने छ ।
अधिकृत भट्टले कुनै बालबालिकालाई विरामी छ,नियमित औषधी सेवन गरेको छ ,एड्स तथा सिकिस्त विरामी छ भने त्यस्ता बालबालिकाले खोप लगाउन अनुरोध गरेका छन् ।
दादुराका कारण बालबालिकामा निमोनिया, झाडापखाला, जलविनियोजन जस्ता समस्याहरू देखिने र दादुरा जस्तै देखिने रुबेलाका कारण मुटु र मस्तिष्कमा असर गर्नुका साथै कान पाक्ने, आँखामा समस्या हुने र मृत्यु समेत हुने गर्दछ ।
प्रकाशित मिति : २०७२ माघ २२ गते शुक्रवार
Comment Here!