महिला खबर
काठमाडौं । भारतको गुहाटीमा सुरू भएको १२ औँ दक्षिण एशियाली खेलकुद अन्तर्गत महिला फुटबल प्रतियोगितामा नेपालले बिजयी सुरूवात गरेको छ । आज सिलोङमा सम्पन्न पहिलो खेलमा नेपाली महिला राष्ट्रिय टोलीले बंगलादेशलाई ३–० ले पराजित गरेको हो ।
नेपालका लागि दीपा अधिकारीले खेलको दोश्रो मिनेटमै गोल गरिन् । त्यसपछि खेलको १७ औँ मिनेटमै गोल गरेर अनु लामाले नेपाललाई दोहोरो अग्रता दिलाइन् ।
पहिलो हाफ्कै अन्तिम मिनेटमा निरु थापाले गोल गरी नेपाललाई ३ शुन्यको अन्तरले जित हासिल गर्यो । जितसंगै नेपालले ३ अंक बटुलेको छ । प्रतियोगितामा नेपाल सहित भारत, माल्दिभ्स, बंगलादेश र श्रीलंका सहभागी छ । राउण्ड रोविनको पहिलो र दोश्रो हुनेले स्वर्ण पदकको लागि फाइनल खेलमा प्रतिस्पर्धा गर्ने छन् ।
अन्तिम समयमा खेल तालिका परिवर्तन भएपछि नेपाल ढिलो गरी हिजो राती अवेर मात्रै खेलका लागि भारतको सिलोङ पुगेको थियो । खेल तालिका परिवर्तन भएको एन्फालाई ढिलामात्र जानकारी भएका कारण नेपाली टोली ढिलो पुगेको जनाईएको छ ।
अन्तिम समयमा अफगानिस्तानले प्रतियोगिता नखेल्ने भएपछि खेल तालिका परिवर्तन भएको बताईएको छ । राउण्ड रोविनका आधारमा खेलाईएको प्रतियोगितामा अव नेपालले दोश्रो खेल माल्दिभ्सविरुद्ध आइतबार खेल्ने छ ।
प्रकाशित मिति २०७२ माघ २२ गते शुक्रवार
Comment Here!