नन्दा थापा
काठमाडौं । मूर्तिकार नविन सुवेदीको एकल प्रदर्शनीमा रहेका १६ मूर्ति मध्य एक जना महिला कलाकार सहित तीन जना महिलाको मूर्ति राखिएको छ । नायिका ऋचा शर्मा, विद्यार्थी सबिना घिमिरे र सुमी नेपाललाई आफ्नो कला मार्फत सुवेदीले जस्ताको तस्तै उतारेका छन् ।
माघ ९ गतेबाट सुरू भएको मूर्तिकार प्रदर्शनी २०७२ मा तीन जना महिलाको वास्तविक र ६ जना महिलाको काल्पनिक मूर्ति राखिएको छ । मूर्तिकार सुवेदीले गाएक रामकृष्ण ढकाल र नायिका ऋचा शर्मालाई मुर्तिकलाको पहिलो श्रोत बनाएको बताए ।
धेरैले रूचाएका सेलिबे्रटिलाई मूर्तिमा उतार्न खोजे पनि कलाकारले समय नदिदा सीतिम कलाकारलाई मात्र भेटेको बताउँछन् सुवेदी । ऋचाको अनुमति लिएरै मूर्ति निमार्ण गरेका सुवेदी भन्छन् ‘महिला कलाकारको समय मिलाउन निकै समस्या हुँदोरहेछ ।’
मूर्तिकार सुवेदीले कल्पनामा आधारित रहेर बनाइएका मूर्तिहरूमा प्रेममा पागल भएका केटा केटीको अनन्त मिलन, विछोडको भावलाई अभिव्यक्त गर्ने केटा केटीको शैलीलाई पनि प्रस्तुत गरेका छन् । पे्रमी पे्रमीकाको भावलाई प्रस्तुत गर्नको लागि मूर्तिसंगै माया पे्रमको भावलाई सुवेदीले यसरी प्रस्तुत गरेका छन् ।
सुनको भन्दा तिम्रो आँशुको मोल धेरै ।
लाखौँ छन् मोहित तर मोहिनी तिमी मेरै ।।
समसामयिकता, यथार्थ अनुभूतिको चेतना अभिव्यक्ति गर्ने, सेलीब्रेटीको तस्बिर नै दर्शकको रोजाइमा पर्ने सुवेदीको अनुभव छ । कविताका सयौँ पानाले भन्न नसक्ने चेतना मूर्तिको एकै झुल्कोमा भेट्न सकिने सुवेदीको भनाइ छ ।
नायिकाको मूर्तिलाई धेरैले रूचाएकाले आगामि दिनमा नायिकालाई नै मूर्तिमा सजाउने आफ्नो इच्छा भएको सुबेदीले बताए । प्रदर्शनीमा अहिलेसम्म २५ सय जनाले अवलोकन गरिसकेका छन् । तीन वर्ष लगाएर निमार्ण गरिएका मूर्तिको लागत मूल्य १८ लाख रहेको उनको भनाइ छ ।
प्रकाशित मिति २०७२ माघ २२ गते शुक्रवार
Comment Here!