महिला खबर
काठमाडौं । पासाङ ल्हामु शेर्पा अंकिताले नेशनल जोग्राफीको एडभेन्चर अफ द एयर २०१६ अन्तर्गत पिपुल्स च्वाईस एड्भान्चर अवार्ड जित्नु भएको छ ।
विश्वका १० जना प्रतिस्पर्धीलाई उछिन्दै अंकिताले उक्त अवार्ड हातपार्नु भएको हो । उहाँ महिला पर्वतारोहण प्रशिक्षक पनि हुनुहुन्छ ।
३१ वर्षकी अंकिताले विश्वको अग्लो हिमाल सगरमाथा र किलर माउन्टेनका नामले चिनिने पाकिस्तानको के टु हिमाल समेत चढि सक्नु भएको छ ।
सोलुखुम्बुको लुक्लामा जन्मिनु भएकी अंकिता बैशाख यता भूकम्प पीडितको सेवामा लाग्दै आउनु भएको थियो ।
प्रकाशित मिति २०७२ माघ २२ गते शुक्रवार
Comment Here!