कैलाली । अन्तर पार्टी महिला सञ्जाल कैलालीले महिला अधिकारको क्षेत्रमा काम गर्ने दुई जना महिलालाई सम्मान गरेको छ ।
सञ्जालले आफ्नो नियमित मासिक बैठकमा मुक्त कमैया महिला विकास मञ्चकी अध्यक्ष कौशिला चौधरीले महिलाको क्षेत्रमा लामो
समयसम्म सर्घष गरेर शान्ति पुरस्कार २०१५ वाट सम्मानित भएको भन्दै सञ्जालले उनलाई सम्मान गरेको छ ।
त्यस्तै महिला तथा बालबालिका कार्यालय कैलालीमा आउनु भएको नयाँ महिला विकास अधिकृत पुजा काफ्लेलाई स्वागत सहित सम्मान गरेको छ ।
सम्मान कार्यक्रममा बोल्दै मुक्त कमैया महिला विकास मञ्चकी अध्यक्ष कौशिला चौधरीले १६ वर्षदेखि आफूले कमैया कम्लरीले उनमुक्त हुनुपर्दछ भन्दै लामो समयको सघर्ष गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘म कम्लरी बसेको थिए, म जस्तै थुप्रै कम्लरी होलान् उनीहरू कम्लरी बस्नुहुँदैन भन्ने सोचेर एक्लै सघर्ष गरे,आज यो सम्मान पाउँदा लाग्छ सघर्ष गर्दै जानु पर्दछ सफलता पाईन्छ ।’
महिला विकासअधिकृत पुजा काफ्ले पहिलो कार्यक्षेत्र कैलाली भएकाले सबैको सहयोग पाउने अपेक्षा गरेको बताउनुभयो । अन्तर पार्टी महिला सञ्जाल कैलालीका अध्यक्ष निरु रिजालले महिला अधिकारको क्षेत्रमा काम गर्ने महिलाले लामो सर्घषपछि पाएको सम्मान सबै महिलाको गर्वको विषय भएको बताउनुभयो ।
प्रकाशित मिति २०७२ माघ २४ गते आइतवार
Comment Here!