महिला खबर
नेपालगन्ज । नेपालगन्ज -१६ की रानी शेष आगलागीबाट गम्भीर घाइते हुनुभएको छ । शुक्रवार आगलागीबाट गम्भीर घाइते अवस्थामा अस्पताल पु-याईएकी शेषकोे ९० प्रतिशत शरीर जलेको अस्पतालले जनाएको छ ।
भेरी अञ्चल अस्पतालका डा. श्याम सुन्दर यादवले भन्नुभयो ‘९० प्रतिशत शरीर जलेकाले उहाँको स्वास्थ्य स्थिति गम्भीर छ । थप उपचार सम्भव नभएपछि लखनउ रेफर गरियो ।’
श्रीमान बुधई शेषले रानीलाई अस्पताल पु-याएको प्रहरीले जनाएको छ । रानीका ३ र ५ वर्षका दुई छोरा छन् । घटनालाई लिएर बाँके प्रहरीले अनुसन्धान सुरू गरेको छ ।
शेष कसरी जलिन भन्ने बारे प्रहरीले अनुसन्धान सुरु गरेको बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक बसन्त पन्तले बताउनुभयो । यद्यपि, पीडित आफैले आफ्नो शरीरमा मट्टितेल छर्केर आगो लगाएको बयान प्रहरी समक्ष दिएको पन्तले बताउनुभयो ।
दाइजो र घरेलु हिंसाका कारण महिलामाथि यस खालका अपराध हुने गरेकाले अनुसन्धान गर्न अधिकारकर्मीहरूले दवाव दिएका छन् ।
प्रकाशित मिति २०७२ माघ २४ गते आइतवार
Comment Here!