प्रतिस्पर्धा मै उत्रेनन् महिला नेता


प्रकाशित मिति :2016-02-07 17:29:27

महिला खबर  
पोखरा  ।  नेपाली कांगे्रसको आसन्न महाधिवेशनका लागि कास्कीमा भएको महाधिवेशन प्रतिनिधिको निर्वाचनमा खुला तर्फबाट महिला नेता चुनावी मैदानमा उत्रिएनन्  ।

खुला तर्फका प्रतिस्पधा कालागि योग्य मानिने क्षेत्र नंं २ का सांसद शारदा पौडेल, क्षेत्र नंंं ३ का समानुपातिक तर्फका सांसद विन्दा राना र महिला संघ कास्कीका अध्यक्ष नेता कोपिला रानाभाट समेत महिला आरक्षणमाबाट चुनाव उठेपछि पार्टीका अन्य सक्रिय महिला नेता पराजीत भए ।

महिला तर्फ ८ जना महाधिवेशन प्रतिनिधिका लागि ४ वटै क्षेत्रमा वडा /इकाइबाट निर्वाचित १९ जना महिला प्रतिस्पर्धामा थिए ।  ति मध्येबाट क्षेत्र नं. १ मा महिला तर्फबाट कोपिला रानाभाट र चन्द्रावति पौडेल, क्षेत्र नंं २ बाट शारदा पौडेल र खेमकुमारी बराल, क्षेत्र नं. ३ बाट विन्दा देवि राना मगर र सकुन्तला कोइराला त्यसैगरी क्षेत्रनं. ४ बाट हरिमाया गुरुगं र राधादेवी अधिकारी महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

प्रकाशित मिति २०७२ माघ २४ गते आइतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: