महिला खबर
पोखरा । गत मंगलबार आफ्नै घर नजिक मृत अवस्थामा भेटिएकी नायिका नेहा पुनको हत्याका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको विभिन्न चरणको अनुसन्धान पछि उक्त आरोपमा पोखरा न्युरोडका सतिश खड्कीलाई प्रहरीले पक्राउ गरेको हो । उनले प्रहरी समक्ष नेहाको हत्या गरेको स्विकार गरेका छन् ।सतिशले १८ गते राति नेहाको हत्या गरेको प्रहरीमा बयान दिएका छन् ।
प्रहरीमा सतिशले दिएको बयान अनुसार १८ गते राति सतिशले काम सकेर फर्कन लागेकी नेहालाई घर पुर्याउने गएका थिएँ । सोहि क्रममा घर नजिक ४ सय मिटरको दुरीमा पुगेपछि नेहासँग यौन सम्पर्क गर्ने प्रस्ताव गरे । नेहाले त्यसको चर्को प्रतिवाद गरेपछि सतिशले नेहाको टाउकोमा हेल्मेटले हिर्काए । यौनको आवेशमा आएका उनले नेहाको टाउकोमा पटक पटक हेलमेटले हिर्काएपछि नेहा त्यहि ढलीन् । नेहालाई त्यहि छाडेर सतिश भागे ।’
भोलि पल्ट मर्निङ वाक गएका सर्वसाधरणले नेहाको अर्धनग्न शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको प्रकृति हेर्दा हत्या भएको देखिए पनि कसले कसरी गर्यो भन्ने खुल्न सकेको थिएन । अनुसन्धानको क्रममा प्रहरीले धेरै युवाहरुलाई नियन्त्रणमा लिएर बयान लियो । अन्ततः सतिशको संलग्नतामा धेरै प्रमाण भेटेपछि नेहाको हत्या सतिशबाट भएको हो भन्नेमा प्रहरी पुग्न सफल भयो ।
नेहाको हत्याको छानविनका लागि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक गज्जुसिद्धि बज्राचार्यको नेतृत्वमा टोली खटाइएको थियो । उनको नेतृत्वको टोलीले झण्डै एक साताको अनुसन्धान पछि हत्याका अभियुक्त सम्म पुग्न सफल भएको हो ।
प्रकाशित मिति २०७२ माघ २५ गते सोमवार
Comment Here!