आफ्नै कर्मले फेरिएकाे जीवन


प्रकाशित मिति :2016-02-08 12:12:38

रुपा गहतराज

नेपालगन्ज । प्रगतिनगर कोहलपुर–२ की गीता सुनारले घुम्ती पसल सुरू गरेको तीन वर्ष भयो । अहिले उनको पसलमा ५० हजार बराबरको सामान छ ।

गुम्ती पसल सञ्चालन गर्ने उनको आर्थिक अवस्था थिएन । त्यसको लागि उनको सहयोगी बन्यो प्रगतिशील दलित महिला समूह । यो समूहमा उनी पनि सहभागी भइन । समूहमा सहभागि भएको दुई वर्षपछि बचत रकमले घुम्ती पसल राख्ने खर्च जुट्यो ।

उनले पसल सुरू गरेदेखि घरखर्च र छोराछोरीको पढाइ खर्चका लागि श्रीमानको भर पर्नुपर्ने बाध्यता टरेको छ । आफै कमाउने र मासिक बचत गर्ने बानीले उनमा आत्मनिर्भरता र आत्मबल बढाएको छ ।

गीताले भनिन ‘सुरूमा मासिक १० रुपैयाँ बचत गर्दै आए । अहिले मासिक दुई सय रुपैयाँ गर्दै आएको छु ।’ गीता सहभागी महिला समूहमा अहिले ४५ जना महिला छन् । उनले भनिन् ‘हामीले गरेको बचत रकम अहिले चार लाख पुगेको छ ।’

प्रगतिशील दलित महिला समूको सहयोगबाट  यहाँका दर्जनौ महिलाले खुद्रा पसल, किराना पसल, घुम्ती पसल, बाख्रापालन, बंगुर पालन, कुखुरापालन र तरकारी खेती गर्दै आएका छन् ।

saving

गीता जस्तै वनकटुवा–९ रामपुरमा रहेको प्रतिभा दलित महिला समूहमा किरण नेपालीले अहिले मासिक दुई सय रुपैयाँ बचत गर्छिन् । यो समूहमा २५ जना महिला सहभागी  छन् । अहिलेसम्म उनीहरूको बचत तीन लाख रुपैयाँ पुगेको छ । उनले विगत आठ वर्षदेखि यस समूहमा मासिक रुपमा बचत गर्दै आएकी छिन् । उनी अहिले समूहबाट ४० हजार रुपैयाँ ऋण लिएर तरकारी खेती गर्दछिन् । ‘तरकारी खेतीबाट परिवारको घरखर्च रामै्र चलेको उनले सुनाइन ।

उनले विगतको पीडा सुनाउँदै भनिन् ‘सानो रकमका लागि महंगो व्याजमा साहुको घर खोज्दै जानुपर्ने समस्या हामी महिला दिदी बहिनी मिलेर सुरू गरेको मासिक बचत समूहले अन्त्य गरेको छ ।’  ‘समूहको बचतले हामी जस्ता गाउँघरका महिलालाई थोरै रकम बचत गर्ने र आवश्यक परेको बेला सस्तो व्याजमा व्यापार, व्यवसाय गर्ने र खर्च टार्ने बाटो बनेको छ’ उनले भनिन् ।

उनको समूहमा अहिले तीन लाख भन्दा बढी रकम बचत भैइसकेको छ । समूहमा सहभागीहरूले रकम आवश्यक परेको खण्डमा मासिक एक रुपैयाँ व्याजमा लिने गरेका छन् । तर, समूहमा सहभागी नभएकाहरूले भने सापटी लिदा मासिक तीन देखि पाँच रुपैयाँ व्याज तिर्नु पर्ने हुन्छ ।
यसैगरी नौवस्ता–२ नयाँ बस्तीमा रहेको लालीगुँरास दलित महिला समूहमा २५ जना महिला सहभागी छन् । यो समूह २०६६ सालमा स्थापना भएको हो । कुसुम वैगार यो समूहकी सदस्य छिन ।

समूहमा मासिक एक सय रुपैँया बचत हुन्छ । उनी समूहको रकमबाट अहिले तरकारी खेती र कुखुरा पालन गर्दै आएकी छिन । ‘सुरूमा मासिक १० रुपैयाँ बचतबाट सुरू गरेका हामीले २०/ ५० हुँदै एक सय रुपैँया पु-यायौँ ’उनले भनिन् । मासिक बचत रकमबाट आवश्यकता अनुसार  व्यापार, व्यवसाय र घर खर्चका महिलाले पैसा लिने गर्दछन् ।

वैगारले ५० हजार समूहबाट ऋण लिएर कुखुरापालन र तरकारी खेती सुरू गरेको बताइन । ‘आफ्नो लगानीबाट एकैपटक ५० हजार रुपैयाँ जुटाएर व्यवसाय गर्न सक्ने अवस्था थिएन,’ उनले भनिन, ‘समूहमा गरेको बचतले सहारा दियो ।’

समूहको रकम दिदी बहिनीहरू व्यापार, व्यवसाय मात्र नभएर विरामी पर्दा, छोराछोरीको विद्यालय खर्च, श्रीमान विदेश जाँदा र चाडपर्वको लागि चाहिने खर्च पनि समूहबाट लिने गरेको उनले बताइन ।

दलित महिला संघ बाँकेले गठन गरेको २५ वटा दलित महिला समूहले अहिलेसम्म करिव १७ लाख ९० हजार ९३१ रुपैयाँ बचत गर्न सफल भएका छन् ।

प्रकाशित मिति २०७२ माघ २५ गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: