महिला खेलाडीलाई अगाडि ल्याउनु जरुरी छ : फुटबल प्रशिक्षक बालगोपाल महर्जन


प्रकाशित मिति :2016-02-08 13:22:41

सन् १९९३ मा बंगलादेशको बंगबन्धु स्टेडियममा खेलाडी हुँदा बालगोपाल महर्जनले जितेको उपाधी २३ वर्षपछि प्रशिक्षकको  रुपमा पनि उपाधि जिताएका छन् । अन्तराष्ट्रिय उपाधि जित्न हाम्रो खेल संरचनामा सुधार ल्याउन जरुरी रहेको बताउँने मर्हजन महिला खबर डटकमका लागि मीना शर्मासँग कुरागर्दै भन्छन् ‘अवसर पायो भने नेपाली प्रशिक्षकले पनि राम्रो गर्छन् ।

महिला खबर

सन् १९९३ मा आफु खेलाडी हुँदा जितेको उपाधि २३ वर्षपछि प्रशिक्षकको भूमिकामा रहँदा पनि जिताउनु भयो कस्तो महशुस भएको छ ?

IMG_2884

आफ्नो परिश्रमले सफलता पाउँदा खुसी लाग्नु स्वभाविक हो । खुसी छु अझ राम्रो गर्ने जिम्मेवारी थपिएको छ । म मात्र होईन सबै देशवासी खुसी छन् । नाकाबन्दी र भूकम्पले गर्दा निराश भइरहेको अवस्थामा अन्तराष्ट्रिय उपाधि जित्नु पक्कै पनि खुसीको कुरा हो । यो उपाधिको शब्दमा बयान गरी साध्य छैन् । २३ वर्ष अगाडि आफू खेलाडी हुँदा कसरी जित्ने भन्ने हुन्थ्यो भने अहिले सबैलाई मिलाएर कसरी अगाडि बढ्न सकिन्छ भन्ने हुँदो रहेछ । टिमवर्क हुने र सबै साथमा रहेर काम गर्न सकियो भने उपाधि जित्न सजिलो हुन्छ, राम्रो रिजल्ट आउँछ भन्ने प्रमाणीत भएको छ ।

नाकाबन्दी र भूकम्पको पीडा त छदैछ । त्यो भन्दा ठूलो फुटबलका खेलाडीहरू म्याच फिक्सिङको आरोपमा प्रकाउ परिरहेको समयमा अन्तराष्ट्रियस्तरको उपाधि जित्न कत्तिको चुनौति थियो ?  

तपाईले भनेको सत्य हो । फुटबल क्षेत्र संक्रमणकालमै गुज्रिरहेको थियो । फिक्सिङको कुरा होस वा पूर्व अध्यक्ष निलम्बित भएको कुरा यसले हामीलाई आफ्नो इज्जत बचाउने चुनौती थपिदिएको थियो । तर, हाम्रो टिमले नयाँ ढंगले युवा खेलाडीलाई परिचालन गरी फुटबल क्षेत्रको संक्रमणलाई कसरी समाप्त गर्ने भन्नेमा निकै प्रयास ग-यौ, अनिमात्र सफलता हात परेको हो ।

खेलाडी छनोटमा ध्यान दियौ । १५ दिनसम्म बंगबन्धुमा बस्दा निकै लगनशिलताका साथ काम ग-यौ । राम्रो खेल्ने, बल पोजिसन मिल्ने ठाँउमा राख्ने, गोल गर्न नसके पनि हामी कहाँ आएको बल एउटा—दुईटा गोल खाने हार्ने निराशा भएर फर्कने अवस्था रहेकाले यसपाली विशेष फोकस गर्दै गोल गर्न नसके पनि गोल नखाने भन्ने प्रण गरेका थियौ । त्यसैले गर्दा हामी एक गोलमात्र खायौं । उपाधि जित्यौ । कुन खेलाडीलाई कुन पोजिसनमा राख्दा सही हुन्छ भन्ने कुरामा ध्यान पु-याएकाले सफलता हात लागेको हो ।

सन् १९९३ मा तपाईले उपाधि जित्दा तत्कालिन एन्फा अध्यक्ष गणेश थापालाई टोलिबाट निकालिएकोमा खेलकुद मन्त्रालयले छानविन सुरू गरेको थियो । अहिले पनि गणेश थापा निलम्बित हुँदा तपाईले उपाधी जित्नुभयो । थापा कार्वाहीमा पर्दा तपाईले जित्नु हुन्छ के तालमल हो यस्तो ?

यो संयोग हो । अनि मेरो मिहिनेतलाई भाग्यले साथ दिएको हो । आफू इमान्दार भएर काम गर्नु पर्दछ भाग्यले साथ दिन्छ । काम नगरी भाग्यमा मात्र विश्वास गर्नु हुँदैन् भन्ने मेरो मान्यता हो । खेल्ने र खेलाउने व्यक्तिले विना हस्तक्षप अनुशासित भएर खेल्यो भने सबैले उपाधि जित्न सक्छन् भन्नेमा म विश्वस्त छु । मेरो टिममा राजनीति छिर्न दिन्न अरूले पनि खेलाडी छनोटमा राजनीति छिर्न दिनुहुन्न भन्ने मेरो मान्यता हो ।

अन्तराष्ट्रियस्तरको प्रतियोगितामा नेपाली प्रशिक्षकलाई विश्वास नगरिनुको कारण के हो ?

IMG_2938नेपाली प्रशिक्षकका विषयमा यो भन्दा पहिला पनि धेरै कुरा आइसकेको छ । २३ वर्ष पहिला हामीले जित्दा पनि नेपाली प्रशिक्षक धनबहादुर बस्नेत हुनुहुन्थ्यो । विश्वास भन्दा पनि प्रशिक्षक कति सक्षम छ र कति काम गर्न सक्छ भन्ने कुरा हेर्न जरूरी छ । विदेशी प्रशिक्षक पनि आवश्यक छ । नेपाली भन्दा उनिहरूमा धेरै ज्ञान हुन्छ । धेरै तालिम पाएका हुन्छन् । तालिम, खेलाउने शैली र अन्तराष्ट्रिय अनुभवले पनि विदेशी प्रशिक्षक आवश्यक हुन्छ । म पनि अन्तराष्ट्रिय तालिमले सक्षम भएको हुँ । एशियाली फुटबल महासंघ (एएफसी)बाट बि क्लास कोचको लाइसेन्स पाएपछि जर्मनी, कोरिया, मलेसिया र युरोपमा पाएको तालिमले मात्र म सफल भएको हुँ । अन्तराष्ट्रिय कोच र संरचनामा रहेर सिक्दा नयाँ कुराको सिकाई भयो । विदेशी प्रशिक्षक भनेर आलोचना गर्नु हुँदैन् जहाँबाट सिक्दा राम्रो हुन्छ त्यसरी काम गर्नु पर्दछ । सक्षम भए नेपालीलाई पनि विश्वास गरिन्छ । अब नेपाली प्रशिक्षक पनि सक्षम भएका छन् ।

२३ वर्ष पहिला खेलाडी भएर खेल्दा र अहिले प्रशिक्षक भएर खेलाउँदा के फरक पाउनुभयो ?

धेरै फरक छ । कोचले खेलाएको खण्डमा मैले कसरी खेल्ने र मेरो टिमलाई कसरी जिताउने भन्ने मात्र हुन्थ्यो । अहिले प्रशिक्षक भएपछि जिल्ला, क्षेत्र हुँदै केन्द्रका खेलाडीको सही छनोट गरि अभिभावकीय भूमिका निभाउनु कठिन काम हो । खानपिन, अनुशासन, उनिहरूलाई खेलाउने लगाएतका हरेक कुरालाई व्यवस्थित गर्न चुनौती धेरै छ ।

२३ वर्षको अवधिमा पुर्वाधारमा के—के परिवर्तन आएको छ ?

हाम्रा प्रतिस्पर्धीको पूर्वाधारमा धेरै परिवर्तन आएका छन् । तर हाम्रो अवस्था जस्ताको तस्तै छ । हामी एउटा विकासोन्मुख देशमा छौँ जहाँ खेलाडीका लागि चाहिने धेरै पूर्वाधारहरू छैनन् । सेवा सुविधा छैन् । अहिले भएको एउटा संरचना भत्किदा पनि त्यतातिर कसैको ध्यान जान सकेको छैन् । साफ च्यापियनसिपमा दर्शक अटाउन सक्ने ठाँउ छैन् । जसले खेल क्षेत्रमा विश्वास गर्न नसक्ने अवस्था छ । जिल्लास्तरबाट नै संरचना, खेल मैदान लगाएतका कुरामा सुधार ल्याउन आवश्यक छ । जबसम्म राम्रो खेल मैदान हुँदैन तबसम्म अन्तराष्ट्रिय स्तरको उपाधि कसरी जित्न सकिन्छ । सिक्ने ठाँउकै अभाव ।

हाम्रा पूर्वाधारहरू अन्तराष्ट्रिय उपाधि जित्नको लागि पर्याप्त छन् ?

छैनन् । धेरै सुधार्नु पर्ने छ । खेल अभ्यास गर्ने राम्रो मैदान नै नभएको ठाँउमा अरू सेवा सुविधाको के कुरा गर्नु ?

नेपालमा खेलाडीको भविष्य कस्तो देख्नु भएको छ ?

अहिले राम्रो छ । विमल घर्तीमगर, रोहित चन्दको कुरा गरौं उनिहरूले राम्रो गरिरहेका छन् । विमलले युरोप जस्तो ठाँउमा कन्ट्याक पाईरहेको छ । रोहित चन्द मलेसियाको फस्ट प्रिमियर टिममा खेल्न पाईरहेको छ । यहाँ पनि राम्रो खेल्न सके विभिन्न क्लब, एन्फा र सरकारबाट पनि सहयोग पाएको अवस्था छ । भविष्य राम्रो छ ।

महिला खेलाडीको अवस्था कस्तो छ ?

पुरुषको तुलनामा केही कमजोर छ । हामी कहाँ महिला खेलाडीको लिग संरचना तयार भइसकेको छैन । लिग भइदिएको भए उनिहरूले राम्रोसंग पारिश्रमिक पाउँथे होला । लिग सुरू गर्ने कुरा भइरहेको छ । महिलाको तीन वटा विभागीय टिममात्र छ । क्लबहरूमा त्यत्ति चासो दिएको देखिदैन् । केटाहरू भन्दा धेरै फरक छ । विवाहपछि खेल्न नपाउने अवस्थाले पनि महिला सहभागिता कमजोर देखिएको छ ।

खेलाडीहरूले नियमित तलव पाउँछन कि खेलको दिनमा मात्र भत्ता पाउछँन् ?

अरु खेलको तुलानामा फुटबलमा सन्तुष्ट छु तर, अहिलेको महगीलाई थेक्न सक्न अवस्था छैन् । सरकारले उपाधि जित्दा पुरस्कार दिनेमात्र हो । एन्फाले २२ जना राष्ट्रिय खेलाडीलाई मात्र नियमित तलब दिन्छ । नेपालमा फुटबलका धेरै खेलाडी छन् उनिहरूले खेलको समयमा मात्र पारिश्रमिक पाउँछन । क्लबबाट खेल्नेहरूले तलब पाउँछन् । कसरी राम्रो खेल्ने भन्नेमात्र होइन परिवार कसरी चलाउने भन्ने चिन्ता खेलाडीमा छ । पहिला—पहिला हामीलाई विभागीय टोली बाहेक पुलिस, आर्मी, शसस्त्रमा जति पनि खेलाडी आवद्ध छन् त्यही किसिमको सुविधा हुन्थ्यो । पहिला साही नेपाली वायु सेवा, साही औषधी लिमिटेड, जनकपुर चुरोट कारखाना, नेपाल बैंक लिमिटेडहरूमा जागिर पाउँथ्यो । अहिले त्यस्तो छैन् । यस्तो खेल्ने खेलाडीहरूलाई नीजि क्षेत्रबाट केही सहयोग भयो भने अझ राम्रो गर्न सकिन्छ । जितेको समयमा खुसी मनाउनेमात्र होईन कसरी राम्रो गर्न सकिन्छ भन्ने कुरा पहिलादेखि नै ध्यान दिन सकियो भने राम्रो हुन्थ्यो ।

महिला र पुरुष खेलाडी बिच धेरै विभेद छ भन्ने सुनिन्छ के यो सहि हो ?

मैले महिला टिमसंग काम गरेको छैन्, १९ वर्ष मुनिका पुरुष खेलाडीसंग मात्र काम गर्दछु । तर, विभेद भएको कुरा सुनेको छु । खेल क्षेत्रमा सबैलाई समान व्यवहार गर्नु पर्दछ । खेलाडी वा आम नागरिक जो भएपनि महिला पुरूषको विचमा विभेद गर्नु राम्रो हुँदैन् । हरेक क्षेत्रमा समान व्यवहार गर्नु पर्दछ ।

महिलालाई अगाडि ल्याउनको लागि खेल क्षेत्र कत्तिको उपयुक्त छ ?

अवश्य पनि उपयुक्त छ । खेल खेल्नु भनेको आत्मनिर्भर हुनु हो । आत्मनिर्भरताले महिलालाई अगाडि ल्याउन सहयोग पु¥याउँदछ । फुटबलमा मात्र होईन जुनसुकै खेलमा पनि राम्रो गर्न सकियो भने महिलाले अन्तराष्ट्रिय उपाधि जित्न सक्दछन् । अहिले महिलाको सार्क गेम पनि भइरहेको छ । जसले गर्दा महिला खेलाडीले अन्तराष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाईरहेका छन् । सरकारले पनि महिला खेलाडीलाई अगाडि ल्याउन प्रयास गर्नु पर्दछ ।

महिला फुटबल खेलाडीले अन्तराष्ट्रिय उपाधि जितेको कहिले हेर्न पाईएला ?

IMG_2924

मैले अब जित्छु भनेर हुँदैन् । मिति तोकेर भन्न सक्ने अवस्था छैन् । लामो योजना बनाउनु पर्दछ । कार्यक्रमको योजना र त्यसलाई निरन्तरता दिनु पर्दछ । साफ च्यापियनसिपको कुरा गर्दा नेपाल जहिले पनि प्रमुख दाबेदारको रूपमा छ । हाम्रो प्रमुख विपक्षि प्रतिस्पर्धी भनेको भारतमात्र हो । जुन गतिमा उनिहरूले प्रगति गर्दै गएका छन्, त्यो गतिमा हामीले प्रगति गर्न सकिरहेका छैनौं । किन हामी कमजोर छौ, किन जित्न सकेका छैनौं भन्ने कुरामा हामीले छलफल नै गरेका छैनौं । उनिहरूको संरचना र लगानी धेरै राम्रो छ । हामी हा¥यौ भनेरमात्र हुँदैन् लगानी पनि हेर्नु पर्दछ । कुन पक्ष हाम्रो कमजोर छ भन्ने कुराको मुल्याङ्ककन गरी त्यसलाई सुधार्न लाग्नु पर्दछ ।

बिदाको समयमा के गर्नुहुन्छ ? हप्तामा कति दिन बिदा लिनुहुन्छ ?

बिदा भनेर बस्दिन । काम गरिरहन्छु  । एन्फामा आवद्ध भएको पाँच वर्ष भयो । नियमित रूपमा पाउने बिदामा बस्छु तर अरु बिदा ल्याउँदैन् । बिदाको समयमा पत्रपत्रिका पढ्ने, घुम्ने काम गर्दछु ।

 श्रीमतीलाई घरको कामबाट कहिले बिदा दिनु भएको छ ?

मेरो परिवारमा दिदी बहिनीहरू धेरै भएकाले बच्चा देखिनै मैले घरमा खासै काम गरिन् । अहिले पनि हामी संयुक्त परिवारमा बस्छौँ घरको काम त्यत्ति धेरै गर्दिन । सहयोग गर्नु पर्दछ जस्तो लाग्दछ तर त्यत्ति सहयोग गरेको छैन् । सहयोग नगरेकोमा श्रीमतीको गुनासो पनि आउँछ  । चाडपर्व र घरमा धेरै मानिस आएको समयमा त सहयोग गर्छु । नियमित भान्सामा सहयोग गर्ने बानी छैन् ।

तपाई उपाधि जितेर विमानस्थलमा ओर्लदा स्वागत गर्न जाने फ्यानमा महिला पुरुष को धेरै थिए ?

८४ वर्षकी मेरी आमा स्वागतको पहिलो लाइनमा हुनुहुन्थ्यो । महिला भन्दा पुरुष नै धेरै हुनुहुन्थ्यो । धेरै निराशाको विचको सफलता भएकाले सबैको उत्साह उत्तिकै थियो । घरबाट बाहिर निस्कने अवस्था नभएको अवस्थामा महिलाको सहभागिता हुनु नै ठूलो कुरा होे ।

प्रकाशित मिति : २०७२ माघ २५ गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: