महिला खबर
पोखरा । गत मंगलवार पोखरामा हत्या गरी फालेको अवस्थामा भेटिएकी योरुना पुन (नेहा) को हत्यामा संलग्न सतिश भनिने कृतन खड्कीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मेलन गरि हत्यामा संलग्न रहेको अभियोगमा पोखरा ९ नयाँ बजारका गेम हाउसका संचालक समेत रहेका २१ वर्षीय सतिश खड्कीलाई सार्वजनिक गरेको हो ।
प्रारम्भिक सोघपुछको क्रममा खड्गीले माघ १८ गते राती नेहा र अन्य साथीहरू समेत भेला भई न्यूरोड स्थित ओपन टेवल रेष्टुरेण्टमा बसी मादक पदार्थ सेवन गरेको प्रहरीको भनाइ छ ।
उक्त रेष्टुरेण्टबाट राती करिव ९ बजेतिर खड्गीले नेहालाई घर पु-याउनको लागि आफ्नो मोटरसाईकलको पछाडि राखी नयाँगाउ तर्फ गएको र घटनास्थल स्थल नजिकै पुगेपछि कृतन खड्गीले नेहालाई आज तिमी घर नजाउ लेकसाईड तिर घुमौँ र त्यतै तिरको होटलमासंगै बसी रमाईलो गरौ भन्ने प्रस्ताव समेत राखेको प्रहरी बयानमा खड्कीले बताएको कास्की प्रहरी प्रमुख हरि बहादुर पालले जानकारी दिनुभयो ।
नेहाले शारीरिक सम्पर्क गर्न अस्विकार गर्दै कृतनलाई गाली गरेपछि कृतनले हेलमेटले नेहाकोे टाउको अगाडि र पछाडि दुई पटक प्रहार गरेपछि नेहा भुईमा ढलेकी थिइन ।
भूईँमा ढलेकी उनकोे नाक र कानबाट रगत बगेको देखेपछि डराएर घर तर्फ गएको भन्ने हत्या आरोपमा पक्राउ परेका खड्गीले प्रहरीलाई बयान दिएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
हत्यामा संलग्न भएका खड्गीलाई कर्तव्य ज्यान मुद्धा र जवरजस्ती करणको मुद्धा लाग्ने भएको छ । नेहाकाे बलात्कार भएको हो वा होईन यस बिषयमा काठमाडौंमा अनुसन्धानको लागि रिपोर्ट पठाएको कास्की प्रहरीले जनाएको छ ।
नेहाको हत्यारा पक्राउ
प्रकाशित मिति २०७२ माघ २५ गते सोमवार
Comment Here!