अलविदा सुशील दा


प्रकाशित मिति :2016-02-09 09:58:08

महिला खबर

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन भएको छ । उहाँको निधन राति १२ : ५० मा महाराजगञ्जस्थितको कोइराला निवासमै भएको हो । उहाँ केही दिनदेखि निमोनिया र ज्वरोका कारण अस्वस्थ हुनुभएको थियो ।

 निमोनियाको समस्याले एक्कासी च्यापेपछि आस्पताल समेत लैजान नपाई ७६ वर्षीय कोइरालाको निधन भएको हो । उपचारमा संलग्न चिकित्सकहरूले निमोनियाका कारण कोइरालाको निधन भएको बताएका छन् ।

यसैबीच कांग्रेस पार्टी कार्यालयका कार्यबहाक मुख्यसचिव प्रदीप पराजुलीले शोक  विज्ञप्ती जारी गर्दै कोइरालाको आकस्मिक निधनबाट सिंगो देश, नेपाली जनता र पार्टीपंक्ति स्तव्ध र शोकमग्न भएको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ कोइरालाको आकस्मिक निधनका कारण नेपाली कांग्रेसको १३ औँ महाधिवेशनको सम्पूर्ण निर्वाचन सम्बन्धि कार्यक्रमहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।

प्रकाशित मिति : २०७२ माघ २६ गते म‌ंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: