अस्पतालमा सुत्केरी हुन आउनेको संख्यामा कमी


प्रकाशित मिति :2016-02-09 11:15:48

नन्दा थापा

काठमाडौं । नाकाबन्दीका कारण अस्पतालमा सुत्केरी सेवा लिनेको संख्यामा कमी आएको छ ।     परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा २०७१ असोज देखि पुससम्म ६ हजार ७ सय ५ जना महिलाले सुत्केरी सेवा लिएकोमा २०७२ असोज देखि पुससम्ममा सुत्केरी सेवा लिने महिलाको संख्या ६ हजार २ सय १७ मात्र रहेको छ ।

गत वर्षको तुलनामा यो वर्ष सुत्केरी सेवा लिनेको संख्यामा ४ सय ८८ ले कमी आएको हो । गत वर्ष असोज महिनामा मात्र १८ सय ८ जना महिलाले सुत्केरी सेवा लिएकोमा यो वर्ष अशोजमा मात्र सुत्केरी सेवा लिनेको संख्या १५ सय ७८ मात्र रहेको छ ।

अन्य महिनाको तुलनामा असोज महिनामा अस्पतालमा सुत्केरी गराउनेको संख्यामा धेरै कमी आएको हो ।
अस्पतालका तथ्याङ्क अधिकृत इन्दिरा के.सी नाकाबन्दीका कारण अस्पतालमा सुत्केरी सेवा लिन आउनेको संख्यामा कमी आएको बताउँनुहुन्छ ।

यातायातका साधन नचल्दा सबैभन्दा धेरै सुत्केरी मारमा परेको के.सीको भनाइ छ । केसीका अनुसार यातायातका साधन नियमित चल्न थालेपछि अहिले सुत्केरी र गर्भ परिक्षण गराउन आउनेको संख्यामा बृद्धि भएको छ ।

प्रकाशित मिति २०७२ माघ २६ गते मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: