पहिलो पटक पदाधिकारीमा महिला


प्रकाशित मिति :2016-02-09 13:06:38

महिला खबर
पोखरा । नेपाली कांग्रेस कास्कीको लामो इतिहासमा पहिलोपल्ट पदाधिकारीमा महिला निर्वाचित हुनु भएको छ ।  कास्कीमा २०१३ सालमा नेपाली कांग्रेसको जिल्ला समिति गठन भए यता महिला पदाधिकारीमा भएका थिइनन् । नेपाली कांग्रेसको कास्कीको इतिहासमा पहिलो पटक लक्ष्मी पाण्डेले कोषाध्यक्ष पदमा निर्वाचित भएर आउनु भएको छ ।

laxmee panday

उहाँका प्रतिद्धन्द्धि बोधबहादर कार्कीलाई पराजित गर्दै  पाण्डेले ३ सय ४७ मत ल्याएर निर्वाचित हुनु भएको हो ।  कार्कीलाई ३ सय २४ मत प्राप्त भएको थियो ।

जितसँगै महिला खबरलाई प्रतिक्रिया दिदैँ पाण्डे यो नेपाली कांग्रेसमा आस्था राख्ने सबै महिलाको जित भएको भन्दै, राजनीतिमा महिलाको सक्रिय सहभागिता र निर्णायक भूमिकाको पक्षमा आफूले लाग्ने बताउनुभयो ।

सोमवार भएको चुनावी प्रतिस्पर्धामा कृष्ण केसी सभापति हुनु भएको छ । २९ सदस्यीय कार्यसतिमा पदाधिकारीमा पाण्डे र  सदस्यमा ६ जना महिला सदस्य  सदस्यमा निर्वाचित भएका छन् ।

उनीहरू मध्ये क्षेत्र नं. १ बाट विन्दु कुमारी भण्डारी र गौरी सापकोटा, क्षेत्र नं. २ बाट अनिता तिमिल्सिना र क्षेत्र नं. ३ वाट रंगीला आचार्य र नम्रता वराल क्षे त्र नं. ४ वाट विजया चंचल रेग्मी निर्वाचित हुनु भएको हो ।

प्रकाशित मिति २०७२ माघ २६ गते मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: