आमाबुवाको सम्झनामा निःशुल्क स्वास्थ्य शिविर


प्रकाशित मिति :2016-02-09 13:39:35

महिला खबर
काठमाडाैं । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मीरा हाडाले फर्पिङको शेषनारायण स्वास्थ्य चौकीमा आफ्नी आमा स्वर्गीय तारादेवी हाडा र स्व. पिता वीरेन्द्र बहादुर हाडाको सम्झनामा बाह्रौं निःशुल्क स्वास्थ्य शिविर संचालन गर्नुभएको छ। स्वास्थ्य शिविरमा दुई सय भन्दा वढी महिलाले स्वास्थ्य जाँच गराएका छन्।

शिविरमा डा.हाडालाई डा.रक्षा ढुंगाना, डा.विमला धर्ती मगर, डा.शोभा महर्जन, डा.यज्ञ आचार्य, डा.आस्था श्रेष्ठ, डा.उषा थापा र डा.सुदेशा खड्काले सहयोग गर्नुभएको थियो।

विं.स २०५३ सालदेखि निरन्तर आयोजना हुँदै आएको सो स्वास्थ्य शिविरबाट फर्पिङवासी तथा वरपरका गाउँ र जिल्लाका समेत महिला लाभान्वित हुँदै आएका छन्। डा.हाडाले उक्त क्षेत्रमा वर्षको एक पटक आफ्ना मातापिताको पुण्य तिथिको दिन र प्रत्येक महिना हप्ताको पहिलो शनिबार महिलाका लागि निःशुल्क स्वास्थ्य जाँच गर्दै आउनुभएको छ।

वार्षिक रुपमा गरिने शिविरमा लाग्ने सम्पुर्ण खर्च र विरामीलाई आवश्यक औषधी भने आफ्नै खर्चले वितरण गर्दै आएको उहाँले बताउनुभयो। उहाँका अनुसार शिविर मार्फत हालसम्म १० हजार भन्दा वढी महिलाले सेवा पाइसकेका छन्।

डा.हाडाले घर, समाज र देशको जीवनस्तर उकास्न महिलाको स्वास्थ्यमा सुधार गर्नुपर्ने बताउनुभयो। आफ्नो सानो योगदानले नागरिकलाई सहयोग हुन्छ की भन्ने उद्देश्यले आफूले शिविर सञ्चालन गर्दै आएको जानकारी गराउनुभयो। सुरुमा शिविर सञ्चालन गर्दा लाजका कारण निकै कम महिला स्वास्थ्य जाँचका लागि आउने गरेको स्मरण गर्दै उहाँले अहिले विरामीको सङख्या घट्नुको साथै खुलेर आफ्नो समस्या बाहिर ल्याउने क्रम बढेको बताउनुभयो।

झण्डै तीस वर्षदेखि निरन्तर रुपमा स्वास्थ्य सेवामा लाग्नुभएको डा हाडाले आमा दिदीवहिनीको उपचारपछिको हँसिलो मुहारले आफूलाई सन्तुष्टि मिल्ने बताउनुभयो।

प्रकाशित मितिः २०७२ माघ २६ गते मङ्गलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: