गर्भवतीले माछा खाँदाका फाइदा


प्रकाशित मिति :2016-02-09 13:46:16

महिला खबर

एजेन्सी । गर्भवती महिलाले माछा खाने गरेमा बच्चाको बौद्धिक विकासमा सहयोग पुग्ने स्पेनिसका अनुसन्धानकर्ताहरुले पत्ता लगाएका छन् । गर्भवती महिलाले हप्तामा ३ / ४ पटकसम्म माछाखाँदा बच्चाको बौद्धिक विकासमा हुने अनुसन्धानकर्ताले बताएका छन् ।

माछा खाने गर्भवती महिलाबाट जन्मेका बच्चाहरु र माछा  नखाने गर्भवती महिलाबाट जन्मेका बच्चाहरुको बौद्धिक क्षमताको तुलना गरेरे यस्तो पत्ता लागेको हो ।

गर्भाअवस्थामा अत्यधिक बासोयुक्त माछा खानाले न्यूरो साइक्लोजिकल फाइदाका साथै बच्चाको जानकारीहरु लिन सक्ने क्षमता र तार्किक क्षमतामा पनि फाइदा पुर्यातउने अनुसन्धानकर्ता बताउँछन् ।

टुना र टायलफिस जस्ता माछामा अत्धिक मात्रमा मरकरी रहने हुदाँ गर्भवती महिलालाई यी माछा खानबाट बञ्चित गरिएको छ । तर, अनुसन्धानकर्ताका अनुसार यी माछाहरुमा मरकरीका साथसाथै डिकोसहेक्जोइनिक एसिड (DHA) हुने गर्दछ र जसले मरकरीको नकारात्मक असरलाई कम गर्दछ ।

टुना तथा टायलफिस जस्ता माछाहरु डिकोसहेक्जोइनिक एसिड (DHA) र ओमेगा ३ फेटी एसिड रहेको हुन्छ जसले बच्चाको बौद्धिक बृद्धि र  विकासमा निकै सक्रिय भूमिका खेल्दछ।

यो अनुसन्धान २ हजार महिला र तिनका बच्चाहरुमा, महिलाको गर्भवती अवस्थादेखि बच्चा ५ वर्षको पुगुन्जेलसम्म गरिएको स्पेनको सेन्टर फर रिसर्च  इन  इपिडिमियोलोजी ले जनाएको छ ।

प्रकाशित मिति  : २०७२ माघ २६ गते मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: