कोइरालाको सहयोगले नै महिला सम्बन्धि महत्वपूर्ण कानुन आएका हुन् : पूर्वमन्त्री के.सी


प्रकाशित मिति :2016-02-09 15:17:12

दुर्गा कार्की

काठमाडाै‌ं । शुशील कोईरालाले नेतृत्व गरेको १८ महिने सरकारमा सहभागी पुर्व महिला, बालबालिका तथा समाजकल्याण मन्त्री निलम के.सीले महिलाका सवालमा कोइराला एकदमै सकारात्मक भएको प्रतिक्रिया दिनुभएको छ। महिला खबर डट कमसँग कुरा गर्दै पुर्वमन्त्री के.सीले कोइरालाको सहयोगविना महिला सम्बन्धि दुईवटा महत्वपुर्ण कानुन ल्याउन असम्भव भएको बताउनुभयो।

के.सीले भन्नुभयो  ‘विधयेक बनेर ११ वर्षदेखि अल्झिएका कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार र बोक्सीविरुद्धको कानुन प्रधानमन्त्री कोइरालाको सहयोग र समर्थन नभएका भए आउने थिएनन्।’ यी दुइवटै विधयेक प्रधानमन्त्री शुशील कोइराला नेतृत्वको सरकारका पालामा कानुन बनेर आएका थिए।

‘कतिपयले यति सानो दलले नेतृत्व गरेको मन्त्रालयले ल्याएका विधेयक किन पारित गर्ने भनेर विरोध गरेका थिए, थुप्रै बाधा अड्चन आएका थिए, तर प्रधानमन्त्री कोइरालाले कसैले भनेको सुन्नुभएन, यीनलाई अगाडी बढाउनुभयो’ के.सीले भन्नुभयो।

आफूलाई सानो दलबाट सरकारमा आएको महशुस शुशील कोइरालाले कहिल्यै हुन नदिएको स्मरण के.सी गर्नुहुन्छ ।

पहिलो मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री कोइरालाले भनेको कुरा सम्झदै के.सी भन्नुहुन्छ ‘धेरै जिम्मेवारी र थोरै बजेट भएको मन्त्रालय रोजेर आउनु भएको छ। धेरै समस्या र अप्ठ्याराहरू छन्। मेरो पुर्ण सहयोग रहनेछ। अगाडि बढ्नुहोस।’

हिंसापीडित महिलालाई पुर्नस्थापना केन्द्र जिल्लामा भएपनि केन्द्रमा नहुँदा आइरहेको समस्यालाई मध्येनजर गरेर दिर्घकालिन पुर्नस्थापना केन्द्रका रुपमा आफूले मन्त्रिपरिषदको बैठकमा मङ्गला—सहाना पुर्नस्थापना केन्द्रको प्रस्ताव गरेको उहाँले बताउनुभयो। यो प्रस्ताव लैँजादा पनि कतिपयले नाक खुम्च्याएका थिए, तर उहाँले हर्दिकतापुर्वक सहयोग गरेर यसकालागि बजेट छुट्टयाएको उहाँको भनाइ छ। उहाँले भन्नुभयो ‘दुई महिला नेताको नाममा पुर्नस्थापना केन्द्रको नाम मैले प्रस्ताव गर्दा उनीहरूसँग तपाइको के सरोकार ? भन्नेसम्मका कुरा आएका थिए।’

यसैगरि शुशील कोइराला कै नेतृत्वको सरकारले योगमाया महिला सशक्तिकरण कार्यक्रम ल्याएको थियो भने द्वारिकादेवी ठकुराठीका नाम विभिन्न कार्यक्रम ल्याउने प्रस्ताव गरेको थियो।

स्वर्गिय कोइराला महिला अधिकार प्राप्ति र महिला आन्दोलन प्रति निकै सकारात्मक भएका कारण नै उहाँका पालामा महिला सम्बन्धि महत्वपुर्ण कानुन र कार्यक्रम आएको के.सी बताउनुहुन्छ। कतिपय विषयमा एकैचोटी निर्णय गर्न नहुने मन्त्रिपरिषदका अन्य सदस्यको बिचार आउँदा समेत कोइरालाले अहिले नगरे कहिले गर्ने ? अहिले नै गर्नुपर्छ भन्नुहुन्थ्यो।

पुर्वमन्त्री निलम के.सीले कोइरालाको निधनले देशलाई अपुरणीय क्षति भएको प्रतिक्रिया दिनुभयो।

प्रकाशित मितिः २०७२ माघ २६ गते मङ्गलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: