पोखरामा विदेशी महिला मृत फेला


प्रकाशित मिति :2016-02-09 15:24:33

महिला खबर
पोखरा । कास्कीको लेखनाथ स्थित बेगनासतालमा  अन्दाजी ३० वर्षको देखिने  एक विदेशी महिलाको शव भेटिएको छ । उनको शव विहान तालमा तैरिरहेको अवस्थामा स्थानीयले देखेपछि  प्रहरीलाई खबर गरेका थिए ।

उनको पहिचान खुल्न सकेको छैन । शवलाई ताल बाहिर निकालेर प्रारम्भिक अनुसन्धान सुरु गरेको प्रहरी निरिक्षक मित्र आचार्यले जानकारी दिनुभयो ।

मृतक महिलाको साथमा कुनै पनि कागजपत्र नरहेकाले पहिचान गर्न मुस्किल भएको उहाँकाे भनाइ छ  । ‘शरिरमा कहिँकतै कुनै पनि बाहिरी चोट नदेखिएको आर्चायले बताउनु भयो ।

उहाँले भन्नुभयो ‘शव हेर्दा सोमवार तालमा खसेर डुवेको अनुमान गर्न सकिन्छ । यस बारेमा अनुसन्धानपछि मात्रै थाहा हुन्छ।’ शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाएको आचार्यले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७२ माघ २६ गते मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: