कोइरालालाई गुमाउनुपर्दा अपूरणीय क्षतिः राष्ट्रपति


प्रकाशित मिति :2016-02-09 16:01:43

महिला खबर

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको असामयिक निधनले आफूलाई स्तब्ध र दुःखी तुल्याएको बताउनुभएको छ ।

कोइरालाको निधनमा दिनुभएको शोक विज्ञप्तिमा उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धाका रुपमा कोइरालाले जीवनपर्यन्त खेल्नुभएको भूमिका सदा स्मरणीय रहिरहने उल्लेख गर्नुभएको छ । राष्ट्रपति भण्डारीले राजनीतिक समन्वय र सहकार्यमा जोड दिई संविधानसभाबाट संविधान जारी गर्न प्रधानमन्त्रीका हैसियतले कोइरालाले खेल्नुभएको महत्वपूर्ण भूमिकाको स्मरण समेत गर्नुभएको छ ।

मुलुकले कोइराला जस्ता राजनीतिज्ञलाई गुमाउनुपर्दा अपूरणीय क्षति पुग्न गएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले उहाँले आफ्नो सम्पूर्ण जीवन नै लोकतन्त्र प्राप्ति, संरक्षण र संवर्द्धन कार्यमा समर्पित गर्नुभएको बताउनुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता खडानन्द ढकालद्वारा आज जारी शोक विज्ञप्तिमा दिवङ्गत कोइरालाप्रति श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवार र शुभेच्छुकप्रति समवेदना प्रकट गरिएको छ ।

आजै राष्ट्रपति भण्डारीले  कोइरालाको पार्थिव शरीरमा पुष्पहार चढाएर हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुभयो । राष्ट्रपतिले दिवङ्गत नेता कोइरालाको शव राखिएको स्थल दशरथ रङ्गशाला पुगेर श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो ।

प्रधानमन्त्री, सभामुख, उपप्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य र उपसभामुखले पनि स्व कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

प्रकाशित मितिः २०७२ माघ २६ गते मङ्गलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: