हाम्रो पुनःस्थापना कहिले ?


प्रकाशित मिति :2016-02-09 16:05:56

खेमा बस्नेत

कैलाली । जितपुर अत्तरिया नगरपालिकाकी साबित्री चौधरी कमैया मुक्त भएको १५ वर्ष वितिसके पनि उनलाई मुक्तिको अनुभव भने भएको छैन । उनीहरू सरकारलाई आफ्नो पुनःस्थापना कहिले हुन्छ भनेर सोधि रहेका छन् । ‘कमैया मुक्ति भएको धेरै भएको छ, तर सरकारले हाम्रो पुनःस्थापना नगरिदिँदा हामी अलपत्र परेका छौ।’ साबित्राले भनिन् असुरक्षित रुपमा सानो झुपडीमा बस्दै आएका छौँ,सरकारले छिट्टै पुनःस्थापना गर्ने बाचा गरेपनि अहिलेसम्म पुनःस्थापना गर्न सकेको छैन ।’  ‘सरकारले दिएको जमिनले हामीलाई बस्न मात्र पुग्छ तर, खान पुग्दैन त्यसका लागि काम गर्नु पर्दछ त्यसैले हामी बसेकै ठाउँमा पुनःस्थापना गरिदिँदा हामीलाई मजदुरी गरेर  खान सहज हुन्छ ’ साबित्राले भनिन् ।

बसन्त टोल शिविरमा बस्ने ६५ वर्षीय बसन्ती दमाई अहिले पनि अरुको घरमा काम नगरी घरको चुलो बोल्दैन । आफूले थाहा पाएदेखि अरुको घरको काम गरेर पाएको अन्न र पैसाले घर चलेकीे छन् । उनले अरुको घरमा भाडा र लूगा धुईदिएपछि मासिक १५ सय कमाउँछिन् त्यही कमाईले श्रीमान् र आफूलाई पालेकी छन् ।‘मैले थाहा पाएदेखि अरुका घरमा काम गरेर नै जिन्दगी गयो,आज पनि अरुको जूठो भाडा नमाजेसम्म हाम्रो पेटमा अन्न छिर्दैन ।’ उनले भनिन् ‘हामीलाई शिविरवाट निकालेपछि रोडमा बस्नुपर्छ, त्यसैले सरकारले हामी बसेकै ठाउँमा पुनःस्थापना गरिदिनुप-यो ।’

20160208_135041

मुक्त कमैया जागरण समाज कैलालीकी अध्यक्ष दिलरानी चौधरीले अहिले मुक्त कमैया जुन ठाउँमा बसोबास गर्दै आएका छन् सोही ठाउँमा सरकारले पुनःस्थापना गर्नुपर्ने बताइन । उनले सरकाले आफूहरूलाई दास्रो दर्जाको नागरिकको व्यवहार गरेको आरोप लगाइन् । सरकारले समयमानै मुक्त कमैयाको पुनःस्थापना नगर्दा धेरै बालिकाहरू पुन कम्लहरी बस्न बाध्य भएको उनले बताइन् । ‘सरकारले समयमानै मुक्त कमैयाको पुनःस्थापना नगर्दा धेरै बालिकाहरू पुन कम्लहरी बस्न बाध्य भएका छन् भने पुरुष रोजगारीको खोजीमा भारत छिरेका छन् ।’ उनले चाडौ सरकारले आफूहरूको पुनःस्थापना गरिसदन माग गरिनन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईले मुक्त कमैया पुनःस्थापनाका लागि कायापलट गर्न आफू तत्पर रहेको बताएका छन् । ‘मुक्त कमैया पुनःस्थापना भएको १५ वर्षपूरा भईसकेको छ’ उनले भने ‘पुनःस्थापनाका लागि स्थानीय तहमा सक्ने म गर्नु र केन्द्रबाट हुनु कामको सकारात्मक पहल गर्न तयार छु ।’ उनले जग्गा व्यवस्थापन समितिको हैसियतले मुक्त कमैया पुनःस्थापनाका लागि पक्षसँग समन्वय गरी समस्याको न्यूनिकरणको पहल गर्ने बताए ।

स्थानीय विकास अधिकारी केशवप्रसाद विमलीले मुक्त कमैया पुनःस्थापना गर्न केही प्राविधिक समस्या भएपनि पुनःस्थापनाका लागि अब धेरै समय नलाग्ने बताए । उनले यो आर्थिक वर्षमा मुक्त कमैया पुनःस्थापनाको काम पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

भूमि सुधार कार्यालय कैलालीका भूमि सुधार अधिकृत लक्ष्मण कठायतले कैलालीमा ८ हजार ९ सयले परिपत्र पाएकोमा ७ हजार ३ सय ७४ पुनःस्थापना भएको छन् भने १ हजार ७८ सट्टा भर्ना हुन बाँकी रहेको भने बाँकी रहेका शुद्ध रुपमा पुनःस्थापना हुन बाँकी रहेको बताए । अधिकृत  कठायतले कैलालीमा अ‍ैलानी जग्गाको अभावले गर्दा पुनःस्थापना गर्ने काममा  समय लागेको बताए ।

प्रकाशित मिति २०७२ माघ २६ गते मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: