पाैडीमा गौरीकालाई तेस्रो कास्य पदक


प्रकाशित मिति :2016-02-10 10:52:24

महिला खबर

Gaurkaकाठमाडाैं। भारतमा जारी बाह्रैं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालकी १३ वर्षीया गौरीका सिंहले तेस्रो कास्य पदक जितेकी छिन् ।

भारतको गुहाटीमा भएको पौडीको चारसय मिटर फ्रिस्टाइलमा आज पनि कास्य जित्दै उनले एउटै सागमा तीन कास्य पदक जित्न सफल भएकी हुन् । नेपालको लागि पदक जोड्ने क्रममा उनले १०० मिटर ब्याकस्ट्रोकमा १ मिनट ०७.३१ सेकेन्डका साथ कास्य पदक प्राप्त गरिन् ।

गौरिकाको यस प्रतियोगितामा ब्यक्तिगत दोश्रो पदक समेत रहेको छ । उनले २०० मिटर ब्याकस्ट्रोकमा समेट कास्य पदक प्राप्त गरेकी थिईन् ।

भारतले १ मिनट ०३.७८ सेकेन्डमा साथ स्वर्ण र दोश्रो स्थानमा रहेको श्रीलङकाले उक्त दुरी १ मिनट ०६.०० सेकेन्डमा पुरा गरेको थियो ।

लन्डनमा अध्ययनको क्रममा रहेकी गौरीकाले त्यही साग तयारीको क्रममा  बिदेशी प्रशिक्षकबाट प्रशिक्षण लिंदैं आएकी थिईन् ।

गौरीकाको पदकबाट हौसिएका पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले पौडीबाट थप दुई पदक प्राप्त गर्ने विश्वास ब्यक्त गरे ।

यसअघि, सोफिया साहको नाममा रहेको ५ मिनेट ०७ दशमलव ९१ सेकेण्डको रेकर्ड उनले तोडेकी हुन् ।

प्रकाशित मितिः २०७२ माघ २७ गते बुधवार

तस्बिरः राष्ट्रिय खेलकुद परिषदकाे वेबसाइटबाट

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: