भलिबल, भारत्ताेलन र टेबल टेनिसमा पनि महिलाले दिलाए नेपाललाई कास्य पदक
महिला खबर
काठमाडाैं। भारतको गुवाहाटीमा जारी बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग) को पाचौँ दिन मगंलवार महिला भलिबलमा नेपालले कास्य पदक जितेको छ ।
गुवाहाटीको इन्दिरा गान्धी स्टेडिएममा भएको भलिबल खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएर कास्य पदक हात पारेको हो ।
माल्दिभ्सविरुद्ध नेपाली महिला टोलीले २५–२०, २५–१३, २५–१४ को नतिजा निकालेको थियो । सागमा नेपाली भलिबल टोलीले कास्य पदक जितेको यो दोस्रो पटक हो । नेपालले कोलम्बोमा सन् २००६ मा सम्पन्न १० औँ संस्करणमा कास्य पदक जितेको थियो ।
यसैगरि भारोत्तोलन प्रतिष्पर्धामा नेपालकी तारादेवी पुनले कास्य पदक जितेकी छन् । स्न्याचतर्फ ७० केजी र क्लिन एन्ड जर्कतर्फ ९५ केजीसहित कुल १६५ केजी उचाल्दै उनले कास्य जितेकी हुन् । सो स्पर्धामा भारतले स्वर्ण जितेको छ ।
यस्तै, टेबलटेनिस प्रतिष्पर्धामा नेपालले कास्य पदक प्राप्त गरेको छ । महिलातर्फको टिम इभेन्टमा भारतसँग भएको प्रतिष्पर्धामा नेपाल ३–० को सेटमा पराजित भएपनि कास्य जितेको हो ।
प्रकाशित मितिः २०७२ माघ २७ गते बुधवार
Comment Here!