महिला खबर
पोखरा । एक साता यता पोखरामा चार जना महिला मृत फेला परेका छन् । सरस्वती लिम्बु, योरुना पुन र मंगबार लेखनाथको बेगनासमा तालमा एक विदेशी महिलाको शव भेटियो । यी घटना सेलाउन नपाउँदै फेरी आज विहान पोखराकै सेती नदिको खोँचमा अर्की महिला मृत भेटिएकी छिन् । पोखरा १३ दुइ कुलाको मुहानस्थित नहरमा महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।
पर्वत स्थायी घर भई हाल पोखराको शान्ति मार्गमा बस्दै आएकी जमुना सुवेदी आज मृत भेटिएकी हुन् । आज विहान नियमित नहरको फोहोर उठाउने व्यक्तिहरूले फोहोर संकलनको क्रममा नहरमा अड्कीएको अबस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले २ घण्टापछि मात्रै नहरको पानी सुकाएर शव बाहिर निकालेको थियो । मंगलवार राति खाना खाएरसँगै सुतेकी आमालाई विहान उठ्दा घरमा नदेखेको छोरी रविना सुवेदीले बताएकी छिन् ।
मृतक जमुनाका श्रीमान र छोरा रोजगारीको क्रममा भारतमा छन् । आमा छोरी पोखरामा डेरागरी बस्दै आएका थिए । शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता गज्जुसिंह बज्राचार्यले बताउनुभयो ।
उहाँले घटनाबारे अनुसन्धान थालिएको जानकारी दिनु भयो ।
पोखरामा नेहा हत्याको एक दिन अगाडि मालेपाटनमा वर्ष ४० की सरस्वती लिम्मु मृत भेटिएकी थिईन् । योरुनाको हत्या आरोपी प्रहरीले पक्राउ गरेपनि लिम्बुको घटनाबारे भने प्रहरीले अझै टुंगो लगाउन सकेको छैन । त्यसैगरी लेखनाथको बेगनासतालमा मृत भेटिएकी विदेशी महिलाको पनि हालसम्म पहिचान खुल्न सकेको छैन ।
प्रकाशित मिति २०७२ माघ २७ गते बुधवार
Comment Here!