महिला खबर
पोखरा । प्रहरीले सार्वजनिक गरेको पोखरा – १५ की १८ वर्षीय योरुना पुन ‘नेहा’ को हत्यामा संलग्न हत्यारा र घटना विवरणमा चित्त नबुझेको भन्दै पीडित पक्षले अनुसन्धानको दायरा बढाउन प्रहरीलाई आग्रह गरेका छन् ।
सोमवार प्रहरीले पत्रकार सम्मेलन गरी नेहाको हत्यामा संलग्न शतिस भनिने कृतन खड्गीलाई सार्वजनिक गरेको थियो । प्रहरीले सार्वजनिक गरेको घटना विवरण पूर्ण नभएको भन्दै पीडित पक्षले दवावमुलक कार्यक्रम सहित आफ्ना माग सार्वजनिक गरेका छन् ।
पुन समाज नेपाल नगर समिति पोखराले आज पोखरामा पत्रकार सम्मेलन गरी घटनाको गहिरो अनुसन्धान गर्न र सार्वजनिक गरिएका अभियुक्तमाथि कडा कारबाहीको माग समेत गरेका छन् । पुन समाजले ‘ योरुना पुनले पूर्ण न्याय पाओस् र महिला वर्गको ज्यान सुरक्षित होस्’ भन्दै भोली शान्तिपूर्ण दबाब मूलक ¥यालीको आयोजना गर्ने भएको छ ।
विरोध -याली बिहीवार दिउँसो १२ बजे पोखराको मानव अधिकार चोक देखि जिल्ला प्रहरी कार्यालय, पालिखे चोक , महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक र सृजनाचोक , राष्ट्र बैंकचोक हुँदै जिल्ला प्रशासन कार्यालयमा गएर कोण सभा गर्ने पुन समाज नगर समिति कास्कीका अध्यक्ष चन्द्र बहादुर पुनले पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको थियो ।
प्रकाशित मिति २०७२ माघ २७ गते बुधवार
Comment Here!