महिला खबर
सुनसरी । जिल्ला जनस्वास्थ्य कार्यालयले ८४ हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप दिने तयारी गरेको छ ।
जिल्लाको दक्षिणी गाविस देवागन्जमा एकसाथ २० भन्दा बढी बालबालिकामा दादुराको संक्रमण देखिएपछि खोप लगाउने तयारी कार्यालयले गरेको हो ।
कार्यक्रम अनुसार जिल्लाका चौरासी हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइनुका साथै एक लाख १६ हजार बालबालिकालाई पोलियो थोपा खुवाइने कार्यालयका प्रमुख डिल्लीरमण अधिकारीले जानकारी दिनुभयो ।
स्वास्थ्य विभागले पूर्वाञ्चलमा आगामी फागुन ८ गतेबाट दादुरा रुबेलाविरुद्धको खोप अभियान सञ्चालनमा ल्याउन तयारी गरेपनि कार्यालयले दादुराको सङ्क्रमणलाई मध्यनजर गर्दै माघ २९ गतेबाट अभियान सञ्चालनमा गर्न लागेको र जिल्लामा तीन चरणमा दादुरा रुबेला खोपसँगै पोलियो थोपा अभियान सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।
प्रकाशित मितिः २०७२ माघ २८ गते विहीवार
Comment Here!