श्रीमान विदेशबाट आएकै दिन श्रीमतीले गरिन् आत्महत्या


आत्महत्या गर्न बाध्य पार्नेलाई कारबाही गर्ने कानुन छैन

प्रकाशित मिति :2016-02-12 10:23:59

शान्ता श्रेष्ठ

रामेछाप । ठोसे गाविसकी ३२ वर्षीया सरस्वती भनिने महेन्द्रा कार्कीले श्रीमानको  हिंसा सहन नसकी आत्महत्या गरेको आरोप उनको माइती पक्षले लगाएका छन् । रामेछाप रस्नालू गाविस  माइती भएकी १० वर्षीया छोराकी आमा महेन्द्राले गएको मंगलबार मछिनाको तेल खाएर आत्महत्या गरेकी थिइन् ।

मृतकका दाजु प्रेम बस्नेतका अनुसार महेन्द्राका श्रीमान ३० वर्षीय गंगाबहादुर कार्की ७ वर्ष अघि वैदेशिक रोजगारीको क्रममा मलेशिया गएका थिए । सुरुमा श्रीमान श्रीमतीबिच राम्रो सम्बन्ध थियो । तर, विस्तारै दुई बिचको सम्बन्धमा खटपट भएको थियो । गंगा बहादुरले  श्रीमतीलाई फोन गरेर आफू आउँदा घर  छोडेर जान धम्कि दिएको महेन्द्राले माइतीलाई बताएकी थिइन् । यसै क्रममा गंगा बहादुर दुई वर्षदेखि सम्पर्क विहीन थिए । उनले २ वर्ष यता श्रीमतीलाई फोन समेत नगरेको मृतकका दाजु बस्नेतले बताए ।

श्रीमतीलाई खबरै नगरी मंगलबार उनी अकस्मात  मलेशियाबाट घर आइपुगेका थिए ।  उनी घर आएकै राति ११ बजेतिर महेन्द्राले मछिनाको तेल खाएको भनि गंगाबहादुरले मध्यरात १ बजे  प्रेमलाई फोन गरेका थिए ।

आफू मोटर साइकल लिएर बहिनीको घरमा जाने तयारी गर्दैगर्दा पुनः फोन गरेर महिन्द्राको मृत्यु भइ सकेकोले नआउनु भनि खबर गरेको बस्नेतले बताए । बस्नेतका अनुसार बुधबार विहान बहिनीको घर पुग्दा छिमेकीले समेत उनको मृत्यु भएको कुरा भर्खरै थाहा पाएर आउँदै गरेका थिए ।

मछिनाको तेल खाएको ४ घण्टासम्म उपचारमा नलैजानु तथा छिमेकीलाई समेत थाहा नहुनुले घटना सुनियोजित भएको उनले बताउँछन् ।

घटनापछि मृतकको पोष्टमार्टम गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।घटनाबारे अनुसन्धान भइरहेको बताउँदै यदि हत्या भएको रहेछ भने दोषीलाई कारबाही हुने प्रहरी बतायो ।

तर, आत्माहत्याको घटनामा भने आत्माहत्या गर्ने अवस्थासम्म पुर्‍याउनेलाई कारबाही गर्ने कानुन नभएकाले  यस्ता घटनामा संलग्नमाथि कारबाही हुन नसक्ने रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक मोहन परियार बताउँछन् ।

यसले गर्दा यस्ता घटनामा संलग्नहरू उम्कने गरेको उनको भनाइ छ । रामेछाप जिल्लामा पछिल्लो केही समय यता महिलाले आत्महत्या गर्ने दर उच्च रुपमा बढेको  प्रहरीले बताएकाे छ ।

प्रकाशित मिति: २०७२ माघ  २९ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: