हुम्ला जिल्ला अस्पतालमा पहिलोपटक प्रसूति शल्यक्रिया


प्रकाशित मिति :2016-02-12 13:03:25

 

महिला खबर

DHO Operation

माघ  ।  विकट हिमाली जिल्ला हुम्लाको जिल्ला अस्पतालमा पहिलो पटक गर्भवतीको शल्यक्रिया गरी बच्चा निकालिएको छ । पहिलो पटक जिल्ला अस्पताललाई आपत्कालिन प्रसूति शल्यक्रिया क्षेत्रका रुपमा छनोट गरेको हुम्लाले प्रसूति शल्यक्रिया युनिट स्थापना गरेको झण्डै एक महिनापछि विहीबार पहिलो पटक आमाको शल्यक्रिया गरि बच्चा निकालिएको शल्यक्रियामा संलग्न चिकित्सक केशव कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार शल्यक्रियापछि आमा र नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य छ । प्रसूति व्यथा लागेर बुधबार जिल्ला अस्पताल हुम्लामा भर्ना भएकी सिमकोट २ निवासी १८ वर्षीया निकिता रोकायाको शल्यक्रिया गरिएको रेडियो कर्णाली आवाजले उल्लेख गरेको छ । जिल्ला अस्पतालमा भर्नापछि तत्कालै  गरिएको रोकायाको प्रारम्भिक चेकजाँचका क्रममा पेटमा रहेको बच्चाको घाँटीमा दुई फन्को साल बेरिएर पानीका फोका निस्केको र बच्चा र आमाको अवस्था नाजुक भएपछि आपत्कालिन शल्याक्रिया गरिएको डाक्टर कोइरालाले बताउनुभयो ।

जिल्ला अस्पतालमा भएका सिमिति साधान र श्रोतले निकै जोखिम मोलेर माइनस ९ डिग्री सेन्टीग्रेड जाडोमा पहिलो पटक जिल्ला अस्पताल हुम्लामा आपत्कालिन शल्याक्रिया गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

भौतिक पूर्वाधार र नर्सिङ्ग स्टाफ समेत नभएको जिल्ला अस्पतालमा उक्त शल्यक्रिया गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालमा गरेर ६ जना नर्सिङ्ग स्टाफको दरबन्दी भएपनि एकजना पनि नर्स नभएपनि आफूले शल्यक्रिया गरेको डा. कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार आमा र शिशु दुवैको ज्यान जोखिममा भएका कारण सबै प्रकारका चूनौति मोलेर शल्यक्रिया गरिएको हो ।

भौतिक पूर्वाधार र अन्य सुविधा भए हुम्लामा प्रसूति महिलाको शल्यक्रिया गरेर जिल्लाका आमा र शिशुको ज्यान जानबाट बचाउन सकिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि  गर्भवतीको आपत्कालिन शल्यक्रियाका लागि लाखौं  खर्चेर  हेलिकप्टर  चार्टड गरि नेपालगञ्ज, सुर्खेत र काठमाडौं लैजानुपर्ने अवस्था थियाे । समयमा याेपनि नपाउँदा थुप्रै महिला र बच्चाकाे ज्यान गएका प्रशस्त उदाहरण छन् ।

हुम्ला जिल्ला अस्पतालमा सुरु भएको  शल्यक्रियाको व्यवस्थाले अव अकालमा अामा र बच्चाले ज्यान गुमाउन पर्दैन कि भन्ने अाशा जगाएको स्थानीयको भनाइ छ । अस्पतालमा  गरिएको प्रसूति शल्यक्रिया युनिटले   ठूलो राहत दिएको सुत्केरी रोकायाकी आमा नैनसरा रोकायाले प्रतिक्रिया दिनुभयाे। उहाँले यसलाई साधनस्राेत सम्पन्न बनाएर लैजानुपर्ने सुझाव पनि दिनुभयाे ।

प्रकाशित मितिः २०७२ माघ २९ गते शुक्रवार

 

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: