क्षमता र आत्मविश्वासले नै महिला कार्यकारी पदमा


अनेरास्ववियूकाे २२ अाै‌ं महाधिवेशन

प्रकाशित मिति :2016-02-12 15:57:25

नन्दा थापा 

काठमाडाै‌ं । नेकपा एमालेको निकट विद्यार्थी संगठन अनेरास्ववियूको २२ औं राष्ट्रिय महाधिवेशनमा ४० प्रतिशत महिलाको उम्मेदवारी परेको वर्तमान उपाध्यक्ष ऐन महरले बताउनु भएको छ। महिला अधिकार, समानता, सशक्तिकरण र नेतृत्वको पक्षमा विश्वभर आवाज उठिरहेका बेला अनेरास्ववियूमा पनि महिला उम्मेदवारी ४० प्रतिशत परेको महरले बताउनुभएको हो। ।

महिला खबर डट कमसँग कुरा गर्दै उपाध्यक्ष महरले भन्नुभयो, ‘अध्यक्षमा म दावेदार हुँ , महिलालाई नै नेतृत्व तहमा  पुर्याउने पार्टी एमाले भएको हुँदा नविना लामालाई अध्यक्ष दिन सहमत भए, आफू महासचिवमा भएर लामा नै सघाउँने छु।’ उहाँले महिलाकै नेतृत्वमा कमिटी गठन भएपनि आफूले सहयोग गरिरहने बताउनुभयो।

चूनौति र विभेदका बाबजुद महिला हरेक निकायमा पुगे आफ्ना लागि गौरव लाग्ने महरको भनाइ छ। अनेरास्ववियूको वर्तमान विधानमा ३५ प्रतिशत महिला सहभागी हुनुपर्ने व्यवस्था छ, महाधिवेशनमा विधान संशोधन गर्ने क्रममा यसलाई बढाउन पनि सकिने उपाध्यक्षमा उम्मेदवारी दिएका महेश बर्तौला बताउनुहुन्छ।

महिला देखिने गरी नेतृत्वमा आएमा महिलाको हित, सामाजिक परिवर्तन र विकासमा ठुलो परिवर्तन आउने बर्तौला बताउनुहुन्छ। भूमिका र जिम्मेवारीको आधारमा उसले गरेका कामको मुल्याङ्कन गर्न पाईने अवसर पनि यही नै भएकोले महिलाले क्षमता अनुसारको जिम्मेवारी, अवसर, साथ र सहयोग पाए काम गर्न सक्ने बर्तौलाको भनाई छ।

महिलालाई जिम्मेवारी दिएजस्तो गर्ने तर, उसको क्षमताको मूल्याङ्कन नगर्ने प्रवृत्तिमा सुधार नभए महिलाको गुणात्मक विकास सम्भव नभएको उपाध्यक्षका अर्का उम्मेदवार रश्मी आचार्य बताउनुहुन्छ। नयाँ संरचना, लोकतन्त्र, समावेशी र बहुलवादको अभ्यास हुन थालेको मुलुकमा कार्यकारी पद र भूमिकाका लागि महिलाको प्रयास अझै कम भएको आचार्यको ठम्याई छ।

अबको विद्यार्थी आन्दोलनको अभिभारा आफ्नै काँधका रहने अध्यक्षका उम्मेदवार नविना लामाको दावी छ। वर्तमान महासचिव लामा भन्नुहुन्छ, ‘अब रचनात्मक, सृजनात्मक र व्यवस्थित ढङ्गले विद्यार्थीका मुद्दा अगाडी लैजान मैले उम्मेदवारी दिएकी हुँ।’ विद्यार्थीका मुद्दा नै पहिलो प्राथमिकतामा राख्ने लामा दोहोर्याउनुहुन्छ।

अवको नेतृत्व सफल, सक्षम र समृद्ध पार्न आफू प्रतिष्पर्धामा उत्रेको उहाँको भनाइ छ । अहिलेको महाधिवेसनमा पदाधिकारीदेखि नै महिलाको उम्मेदवारी परेकोमा उहाँ खुसी व्यक्त गर्नुहुन्छ।

अनेरास्पवियूको विधान अनुसार आरक्षणमा ७ जना महिलाको कोटा छ, तर खुल्लाबाटै प्रतिस्पर्धामा उत्रिएको लामा बताउनुहुन्छ। अवको अनेरास्ववियूको नेतृत्व महिलाकै हुने लामाले दावी उहाँ गर्नुहुन्छ।

अनेरास्ववियूको २२ आैं महाअधिवेशन विहीवारदेखि काठमाडौंमा शुरु भएको छ। शनिवारसम्म चल्ने महाधिवेशनले १४१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ।

प्रकाशित मितिः २०७२ माघ २९ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: