महिला खबर
पोखरा। कास्कीको लेखनाथस्थित बेगनास तालमा माघ २६ गते विहान भेटिएकी महिला विदेशी नभइ नेपाली भएको खुल्न आएको छ। तत्काल हेर्दा मंगोलियन मुलको विदेशी जस्तो देखिएकाले प्रहरीले विदेशी हुन सक्ने अनुमान गरेको थियो। मृतक महिला लेखनाथ नगर पालिका १२ भुगोल पार्क कि २९ वर्षीया खिम माया पुन भएको प्रहरीले जनाएको छ।
२५ गते घरबाट साथीको विहेमा जानी भनी हिँडेकी पुन भोलिपल्ट विहान बेगनास तालमा तैरिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए।
पोेखराको फेवा बैंकमा कार्यरत पुन साथीको विहेमा जाने भनेर गएपछि परिवार ढुक्क भइ बसेका थिए। सामाजिक संजालमा मृतक महिलाको शव देखेपछि मात्र आफन्तले थाहा पाएर आएपछि शवको सनाखत भएको प्रहरी निरिक्षक मित्र आचार्यले बताउनु भयो।
मृतकका आफन्तले शुक्रबार घटनाको सत्य तथ्य छानविनकालागि माग गर्दै लेखनाथमा प्रर्दशन गरेका छन्। घटनाको अनुसन्धान भैरहेको रहेको कास्की प्रहरीले जनाएको छ।
प्रकाशित मितिः २०७२ फागुन २ गते अाईतवार
Comment Here!