महिला खबर
झापा। किशोरीलाई घुमाउने वहानामा भारतीय यौनबजारमा वेच्न खोज्ने दुई दलाल महिलालाई झापा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ। उनीहरूसँगै रहेका धादिङ बस्ने २३ बर्षीया पार्वती शाही र २१ बर्षीया आसिका परियारको उद्धार गरी झापा जिल्ला प्रहरी कार्यालयको सिफारिसमा सानाहातहरू नामक गैरसरकारी संस्थालाई जिम्मा लगाइएको छ।
उनीहरूले भूकम्प प्रभावित धादिङका शाही र परियारलाई भारतमा घुमाउन लैजाने वहाना बनाएर नेपाल भारत सिमाक्षेत्र गलगलिया पुर्याएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सर्लाही घर बताउने २४ बर्षीया सविना तामाङ र भारतको पानीघट्ना घर बताउने मुन्नु तामाङ रहेको प्रहरीले जनाएको छ। उनीहरूले सिलिगुडीको रमाइलो मेला हेर्न जाउ भनेर सीमाक्षेत्र कटाउन लाग्दा शंका लागी सोधपुछ गर्दा जवाफ दिन नसकेपछि पक्राउ गरिएको हो।
प्रकाशित मितिः २०७२ फागुन २ गते अाईतवार
Comment Here!