साङ्लाले बाँधिएकी ६० वर्षे बृद्धा


प्रकाशित मिति :2016-02-14 12:54:54

महिला खबर
manasik rogiमोरङ । मोरङको अमरदह ६ बस्ने ६०  वर्षीया बृद्धा मजैतुन खातुनलाई परिवारले खुटामा साङ्लाले बाँधेर घरमै राखेका छन् । मानसिक रोगबाट पीडित खातुनलाई परिवारले  तीन वर्षदेखि साङ्लाले बाँधेर राखेका हुन्।  मजैतुनलाई कडाखाले मानसिक रोग लागेपछि उनको हेरचाह गर्न समस्या भएको भन्दै घरमै बाँधेर राख्न बाध्य भएको ७२ वर्षीय श्रीमान झुलमियाँ खातुनले बताए ।

दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएको गरिव परिवार भएकाले मानसिक रोगी श्रीमतीको हेरचाह र सुरक्षामा समस्या भएको भन्दै घरमा बाँधेर राखेको झुलमियाँले बताए ।

उनले भने, ‘खुला छाडेमा जहाँ पायो त्यही जाने, आफैँलाई कोपर्ने, लुगा कपडाहरू च्यातेर नांगो हुने आदि हर्कत गर्न थालेपछि उनलाई घरमा बाँधेर राखिएको हो ।’  उनका अनुसार घरमै बाँधिएकी मानसिक रोगी बृद्धा ओच्छ्यानमै दिशा पिसाव  गर्छिन् ।

 देउता लागेर वहुलाउने विरामी भएकाले उपचार नहुने  उनका श्रीमानले बताए । अन्य रोग जस्तै जुनसुकै मानसिक रोगको उपचार हुन्छ । कडाखाले मानसिक रोग लागेका व्यक्तिलाई समाज र परिवारमा अझै पनि पागल, दिमाग खुस्केको, बहुला भन्दै उपचार नगरी बाँधेर राख्ने चलन छ ।
पोषणयुक्त खाना नपाएकाले उनको शरीर जीर्ण बनेको छ । उनी उठ्न नसक्ने अवस्थामा  छिन्  । रोगी श्रीमतीलाई सधैँ सँगै बसेर हेरचाह गर्नुपर्ने भएकाले आफू काम गर्न जान नसक्दा खान लगाउन समस्या भएको श्रीमान झुलमियाँले बताए ।

मानसिक रोग पीडित बृद्धा महिलालाई परिवारले बाँधेर राखेको सूचना पाएपछि स्थलगत अनुगमन गरी उद्धारका लागि प्रशासनसँग मिलेर  पहल गर्ने मोरङकी महिला अधिकारकर्मी मन्जिता उपाध्यायले बताइन् ।  मोरङका जिल्ला प्रमुख एकदेब अधिकारीले मानसिक रोगी महिलाको उपचार हुन सक्ने भएकाले उद्धार गरेर अस्पतालमा निःशुल्क उपचार गराउने व्यवस्था मिलाउने  बताए ।

प्रकाशित मिति २०७२ फागुन २ गते आइतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: